back

सहकारीका समस्या समाधान गर्नेबारे गम्भीर भएर काम गरिरहेका छौंः रजिष्ट्रार घिमिरे

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीमा देखिएका समस्या समाधानबारे गम्भीर भएर काम गरिरहेको बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाजले शुक्रबार आयोजना गरेको सहकारी पत्रकारिता तालिममा बोल्दै उनले यस्तो बताएका हुन् ।   

कार्यक्रममा बोल्दै उनले भने, ‘केही सहकारी संस्थाहरूमा समस्या आएको छ । त्यस्ता सहकारीका कारण कतिपय बचतकर्ताहरूको पैसा डुबेको छ । उनीहरूका लागि कसरी बचत फिर्ताका कामहरू गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ । सहकारीका देखिएका अस्वस्थ गतिविधिहरू कसरी रोक्न सकिन्छ भनेर हामी गम्भीर भएर काम गरिरहेका छौँ ।’ 

त्यस्तै, उनले सहकारीलाई माध्यम बनाएर आर्थिक अपचलन गर्ने कार्य भएको बताउँदै अगाडी भने, ‘कानुन विपरीत काम गर्ने सहकारीहरूलाई रोक्ने काम सरकारले गरिरहेको छ । सहकारी क्षेत्रमा नीति निर्माण गर्ने र उनीहरूको यस्तो कदमलाई रोक्ने लगायतका कामहरू सरकारले गरिरहेको छ ।’  

सहकारीमा गर्न हुने काम र गर्न नहुने कामहरूबारे जनचेतना फैलाउनु पर्ने उनले बताए । सहकारीमा आफ्नो भविष्य पनि रहेकाले नकारात्मक कुराको मात्रै चर्चा गर्न नहुने उनको तर्क छ ।  

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

वि.सं.२०८३ असार ३० मंगलवार १७:३२

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा...

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार २५ बिहीवार १२:३७

काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६...

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

कामधेनु सहकारीको नयाँ नीति : किसानलाई पशु कार्ड, बोनसदेखि सहुलियत कर्जासम्म

वि.सं.२०८३ असार २२ सोमवार १०:३४

विराटनगर । दुग्ध उत्पादन वृद्धि, किसानको उत्पादन लागत घटाउने र...

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

वि.सं.२०८३ असार २१ आइतवार १५:०५

काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ...

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल 

वि.सं.२०८३ असार २१ आइतवार १४:३९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरकार गठन भएको...

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

वि.सं.२०८३ असार १७ बुधवार १७:५९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु...