back

भारतबाट जिटुजी प्रक्रिया मार्फत मल ल्याउने सहमति, कहिले आउला त मल?

काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल सरकारले भारतसँग जिटुजी प्रक्रियाबाट रासायनिक मल ल्याउने सहमत गरेको छ । रासायनिक मल अभाव नहोस् भन्ने उद्देश्यले सरकारले भारतबाट जिटुजी प्रकृयाबाट मल ल्याउन लागेको हो । भारत सरकारसँग जिटुजीमा रासायनिक मल ल्याउने सहमत भएसँगै किसानहरुमा पनि केही हौशला मिलेनको छ । यसो त कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च अधिकारीहरु पनि मल अभाव नहुने बताउँछन ।
हुन त जिटुजी प्रक्रियाबाट रासायनिक मल आयात गर्दा दुवै देशको सरकारलाई सहज त हुन्छ नै तोकिएको समयमा नै मल आयात गरी किसानसम्म वितरण गर्न पनि सम्भव हुन्छ । यद्यपी बाहिर चर्चामा आए जस्तै भारत सरकार र नेपाल सरकारवीच भएको सहमति अनुरुप जिटुजी प्रक्रियामा रासायनिक मल कति आउँछ भन्ने कुरा भने प्रश्न चिह्नका रुपमा उभिएको छ ।
वितगमा पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग जिटुजी प्रक्रियामा रासायनिक मल आयात गर्ने गरी गरेको सहमति अनुरुप मल आयात हुन नसकेको कृषि विज्ञहरुको भनाई छ । तर, यो पटक भारतले सहज रुपमा रासायनिक मल उपलब्ध गराउँछ भन्ने कुरामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय विश्वस्त छ ।
मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेका अनुसार पाँच वर्षका लागि जिटुजी मार्फत रासायनिक मल आयात गर्नका लागि भारतलाई प्रस्ताव पठाएको छ । ‘पहिलो वर्ष ढेड लाख मेट्रिक त्यसपछि क्रमश बढाउँदै खरिद गर्ने गरी प्रस्तवा पठाएको छ । हाम्रो प्रस्ताव भारत सरकारले स्वीेकृत गरेमा मात्र मल आउँछ’ घिमिरेले कृषिअनलाईनसँग बताए ।

प्रवक्ता घिमिरेले भने जस्तै भारत सरकारले जिटुजी मार्फत रासायनिक मल उपलब्ध गराउनका लागि अहिलेको अवस्थााम सम्भव छैन कि भन्ने शंका पनि उब्जिएको छ । भारतले जिटुजी मार्फत नेपाललाई उपलब्ध गराउने रासायनिक मल आफ्नै उत्पादन हुन नसक्ने मन्त्रालयका एक अधिकारीले बताए ।
उनका अनुसार भारतले उत्पादन गरेको रासायनिक मल भारत मै अभाव छ । भारतले पनि किसानहरुलाई मल सहज उपलब्ध गराउनका लागि बाहिरी देशको भरपर्नु परेको तथ्यांकले नै देखाउँछ ।

भारतमा उत्पादन भएको रासायनिक मल, उनले गरेको आयातको परिमाण र किसानहरुलाई वितरण गरेको परिमाण हेर्ने हो भने भारतबाट नेपालले केही हजार मेट्रिक टन बाहेक रासायनिक मल जिटुजी प्रक्रियामा दिन असम्भव प्राय नै छ ।


३० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

३० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:२७

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीको छतिउने स्थिति सुकाजोर खोलाको जग्गा...

दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता

दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५५

काठमाडौं । नेपालका ग्रामीण क्षेत्रका पशुपालन कृषकहरूबाट संकलन गरिएको दूधको...

सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरु खडा गरिँदैछ : मन्त्री अधिकारी

सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरु खडा गरिँदैछ : मन्त्री अधिकारी

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४५

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२४

बनेपा । बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको...

सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैन : सचिव पोखरेल

सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैन : सचिव पोखरेल

वि.सं.२०८१ चैत २७ बुधवार १५:००

काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव...

रामेछापका ३५ सहकारी सम्पर्कविहीन

रामेछापका ३५ सहकारी सम्पर्कविहीन

वि.सं.२०८१ फागुन २५ आइतवार १३:४३

रामेछाप । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र डा....