back

भारतबाट जिटुजी प्रक्रिया मार्फत मल ल्याउने सहमति, कहिले आउला त मल?

काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल सरकारले भारतसँग जिटुजी प्रक्रियाबाट रासायनिक मल ल्याउने सहमत गरेको छ । रासायनिक मल अभाव नहोस् भन्ने उद्देश्यले सरकारले भारतबाट जिटुजी प्रकृयाबाट मल ल्याउन लागेको हो । भारत सरकारसँग जिटुजीमा रासायनिक मल ल्याउने सहमत भएसँगै किसानहरुमा पनि केही हौशला मिलेनको छ । यसो त कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च अधिकारीहरु पनि मल अभाव नहुने बताउँछन ।
हुन त जिटुजी प्रक्रियाबाट रासायनिक मल आयात गर्दा दुवै देशको सरकारलाई सहज त हुन्छ नै तोकिएको समयमा नै मल आयात गरी किसानसम्म वितरण गर्न पनि सम्भव हुन्छ । यद्यपी बाहिर चर्चामा आए जस्तै भारत सरकार र नेपाल सरकारवीच भएको सहमति अनुरुप जिटुजी प्रक्रियामा रासायनिक मल कति आउँछ भन्ने कुरा भने प्रश्न चिह्नका रुपमा उभिएको छ ।
वितगमा पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग जिटुजी प्रक्रियामा रासायनिक मल आयात गर्ने गरी गरेको सहमति अनुरुप मल आयात हुन नसकेको कृषि विज्ञहरुको भनाई छ । तर, यो पटक भारतले सहज रुपमा रासायनिक मल उपलब्ध गराउँछ भन्ने कुरामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय विश्वस्त छ ।
मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेका अनुसार पाँच वर्षका लागि जिटुजी मार्फत रासायनिक मल आयात गर्नका लागि भारतलाई प्रस्ताव पठाएको छ । ‘पहिलो वर्ष ढेड लाख मेट्रिक त्यसपछि क्रमश बढाउँदै खरिद गर्ने गरी प्रस्तवा पठाएको छ । हाम्रो प्रस्ताव भारत सरकारले स्वीेकृत गरेमा मात्र मल आउँछ’ घिमिरेले कृषिअनलाईनसँग बताए ।

प्रवक्ता घिमिरेले भने जस्तै भारत सरकारले जिटुजी मार्फत रासायनिक मल उपलब्ध गराउनका लागि अहिलेको अवस्थााम सम्भव छैन कि भन्ने शंका पनि उब्जिएको छ । भारतले जिटुजी मार्फत नेपाललाई उपलब्ध गराउने रासायनिक मल आफ्नै उत्पादन हुन नसक्ने मन्त्रालयका एक अधिकारीले बताए ।
उनका अनुसार भारतले उत्पादन गरेको रासायनिक मल भारत मै अभाव छ । भारतले पनि किसानहरुलाई मल सहज उपलब्ध गराउनका लागि बाहिरी देशको भरपर्नु परेको तथ्यांकले नै देखाउँछ ।

भारतमा उत्पादन भएको रासायनिक मल, उनले गरेको आयातको परिमाण र किसानहरुलाई वितरण गरेको परिमाण हेर्ने हो भने भारतबाट नेपालले केही हजार मेट्रिक टन बाहेक रासायनिक मल जिटुजी प्रक्रियामा दिन असम्भव प्राय नै छ ।

gaugauma singhadarbar

मौसमी तरकारीको मूल्य नै ४०० प्रतिशत सम्मले वृद्धि, थोकदेखि खुद्रा बजारमा पुग्दा अस्वभाविक मूल्य अन्तर कसरी ?

मौसमी तरकारीको मूल्य नै ४०० प्रतिशत सम्मले वृद्धि, थोकदेखि खुद्रा बजारमा पुग्दा अस्वभाविक मूल्य अन्तर कसरी ?

वि.सं.२०८२ माघ १ बिहीवार १०:५५

काठमाडौं । मौसमी समयअनुसार घट्नुपर्ने गोलभेँडा, काउली, मटरकोसा र हरियो...

माघे संक्रान्तिले बढायो तरुलको कारोबार,यो हप्तामात्रै ९०० टन तरुल बजारमा भित्रियो

माघे संक्रान्तिले बढायो तरुलको कारोबार,यो हप्तामात्रै ९०० टन तरुल बजारमा भित्रियो

वि.सं.२०८२ पुस ३० बुधवार १०:४७

काठमाडौं । माघे संक्रान्तिको अवसरमा काठमाडौं उपत्यकामा तरुलसहित कन्दमूलको कारोबार...

गोलभेँडाको मूल्य पाउँदा किसानलाई राहत

गोलभेँडाको मूल्य पाउँदा किसानलाई राहत

वि.सं.२०८२ पुस २३ बुधवार १०:२६

रौतहट । विगतका वर्षहरूमा मध्य चिसोयाममा गोलभेँडा बिक्री नभएर चिन्तित...

ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै पैंचो पसल, मनायो ११ र्औं वार्षिकोत्सव

ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै पैंचो पसल, मनायो ११ र्औं वार्षिकोत्सव

वि.सं.२०८२ पुस १५ मंगलवार १८:१०

गुल्मी । ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको...

च्याउ खेतीमा प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त छैन : मन्त्री परियार

च्याउ खेतीमा प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त छैन : मन्त्री परियार

वि.सं.२०८२ पुस १५ मंगलवार १७:१५

काठमाडौं । कृषि तथा पसुपंछी विकासमन्त्री डा.मदन परियारले नेपालमा च्याउ...

मार्तडीमा भौतिक संरचना थपिँदै, खेतीयोग्य जमिन मासिँदै

मार्तडीमा भौतिक संरचना थपिँदै, खेतीयोग्य जमिन मासिँदै

वि.सं.२०८२ पुस ११ शुक्रवार १५:४०

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा पछिल्लो समय भौतिक संरचनाको निर्माण...