back

कञ्चनपुरमा पहिलो रासायनिक मल कारखाना सञ्चालनमा ल्याइँदै

काठमाडौँ । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो ।

कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ । कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ । “पोटास मल असारदेखि उत्पादन गर्छौँ”, कारखानाका सञ्चालक उमाकान्त जोशीले भने, “आउँदो मङ्सिर, पुसभित्रै अरु दुई मल उत्पादनको काम अगाडि बढाइन्छ ।”

मलका लागि आवश्यक पर्ने कच्चा पदार्थका रूपमा बैतडीमा रहेको फस्फोरसको प्रयोग गरिने उहाँले बताउनुभयो । कारखानाका लागि आवश्यक पर्ने अन्य रासायनिक पदार्थ, मेसिनलगायत जर्मनीबाट ल्याउने योजना कारखाना सञ्चालकको छ । कारखानाले वार्षिकरूपमा १० हजार मेट्रिक टन मल उत्पादन गर्ने लक्ष्य लिएको छ । कारखानाका लागि भौतिक संरचना निर्माण शुरुआतको काम भइसकेको छ । स्वदेशी कच्चा पदार्थको प्रयोग गरी सञ्चालन गरिने मल कारखाना नेपालकै पहिलो हुने सञ्चालकहरुको दाबी छ ।

कारखाना रहने जग्गाको क्षेत्रफल सात हजार ५०० वर्गफिट रहेको छ । साझेदारी फार्मका रूपमा दुई उद्योगीले कारखाना सञ्चालन गर्दैछन् । उद्योगमा प्रत्यक्षरूपमा ५० भन्दा बढीले रोजगारी पाउनेछन् ।

कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले कारखानलाई नगरकै गौरवको योजनाका रूपमा लिएको बताए । “बाली लगाउने बेला किसानलाई रासायनिक मल नपाउँदा निकै सास्ती हुँदै आएको छ”, उनले भने, “मल कारखानाले गुणस्तरीय मल उत्पादन गरे । सुदूरपश्चिम प्रदेशकै किसानले राहत पाउँछन् ।” कारखाना सञ्चालनका लागि नगरपालिकाबाट हुनसक्ने सहयोगका लागि सधैँ प्रतिबद्ध रहेको उनको भनाई छ ।


melung
रिब्दिकोट गाउँपालिकाले एक हल गोरु पाल्नेलाई प्रोत्साहन भत्ता दिने

रिब्दिकोट गाउँपालिकाले एक हल गोरु पाल्नेलाई प्रोत्साहन भत्ता दिने

वि.सं.२०८० असार २१ बिहीवार १०:२९

काठमाडौं । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई...

कृषकलाई मौरीसहितको घार वितरण

कृषकलाई मौरीसहितको घार वितरण

वि.सं.२०८० जेठ २४ बुधवार १०:४८

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई...

सहकारीको स्वनियमन नारामा मात्रै सिमित नहोस् : प्रधानमन्त्री प्रचण्ड

सहकारीको स्वनियमन नारामा मात्रै सिमित नहोस् : प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०७९ चैत २३ बिहीवार २२:२९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा...

काठमाडौंमा तेश्रो राष्ट्रिय महासम्मेलन हुँदै : ८०० बढी सहकारी सहभागी हुने

काठमाडौंमा तेश्रो राष्ट्रिय महासम्मेलन हुँदै : ८०० बढी सहकारी सहभागी हुने

वि.सं.२०७९ चैत २१ मंगलवार २३:२४

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले तीन दिने तेश्रो राष्ट्रिय महासम्मेलन...

स्थापनाको दोश्रो बर्षमै राष्ट्रिय खाद्य बैंक नाफामा

स्थापनाको दोश्रो बर्षमै राष्ट्रिय खाद्य बैंक नाफामा

वि.सं.२०७९ पुस ३० शनिवार २०:२५

काठमाडौं । “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने...