शुभप्रवा साकोसको क्यू आर कोर्ड सेवा शुभारम्भ
वि.सं.२०७८ वैशाख १० शुक्रवार
काठमाण्डौं । शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले क्यू आर कोर्ड सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले सदस्यलाई आधुनिक प्रविधीसंग जोडेर सेवा दिन क्यू आर कोर्ड सेवा सञ्चालनमा ल्याएको हो ।
मुख्य कार्यालय चावहिल सदस्य सेवा केन्द्र न्युरोडबाट सदस्यलाई आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराएको छ । यस भन्दा अगाडी नै संस्थाले एटिए कार्ड तथा संस्थाको स्मार्ट एप मार्फत मोवाईल बैकिङ्ग सेवा प्रदान गरेको छ ।
मोबाइल टपअप सुबिधा, सहकारीको खातामा भएको रकम बिना झण्झट बैक खातामा र ईसेवा वालेटमा भए रकम सहकारीमा रहेको खातामा टान्सफर गर्न मिल्ने सुबिधा, दैनिक उपभोग्य सेवाको महशुल भुक्तानी गर्न सकिने सुबिधा लगायत सेवा प्रवाह गदै आएको छ । कार्यकारी प्रमुख फडिन्द्र कुमार खड्काले सेवाको सुरुवात गरेका थिए । उनले संस्थाले नगद रहित कारोवारमा सहयोग हुने बताए ।
प्रकाशित समय : ०९:११ बजे