back

मागअनुसार तरकारी आयात भए पनि बजारमा तरकारीको मूल्य दोब्बर

काठमाडौँ। काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्ने हो भने दैनिक ७ देखि साढे ७ सय टन तरकारी भित्रिन्छ। बजार हेरेर तरकारीको मूल्य बढ्दैन किनभने मागअनुसार नै तरकारी आयात भइरहेको छ ।

कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । बाँकी ३० प्रतिशत माग बल्खु, कोटेश्वर, टुकुचा, चाबहिल, धुम्बाराही, कलंकीलगायत बजारले पूर्ति गर्छन् ।

बजारमा भने हरियो तरकारीको मूल्य दोब्बर भैसकेको छ । अहिलेको ‘आयात परिमाण हेर्दा १/२ दिनबाहेकको अवस्था सामान्य छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, बजारमा मूल्य बढी नै देखिन्छ ।

बर्खा लागेपछि हरियो तरकारीको मूल्य बढ्छ र स्वभाविक पनि मानिन्छ । बर्खा लागेपछि पानीका कारण तरकारी कुहिने, बिग्रने हुँदा औसतमा किलोमा दुई/चार रुपैयाँ बढ्नु स्वाभाविक हो ।

तर दोबर नै बढ्नु भने गलत भएको व्यवसायी आफै बताउँछन् ।अहिले बजारमा सिजन सकिएका तरकारीको मूल्य बढ्नु स्वाभाविक भए पनि सबै तरकारीको वृद्धि हुने अस्वाभाविक हो ।

होलसेलमा पनि दोब्बर भन्दा बढी पुगेको छ,’ विभिन्न तरकारी बजारका व्यापारी भन्छन् । , ‘दोब्बर मूल्य परेपछि खुद्रामा पनि बाध्य भएर बढाएका छौं ।

खुद्रामा अनियन्त्रित सटर भाडाले मूल्य बढाउन बाध्य हुन्छौं ।’ उपत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट तरकारी आयात गरिन्छ ।

भारतबाट पनि तरकारी भित्रिन्छ ।

१ महिनामा बन्दा, काउली, बोडी, मुला, गाँजर, मटरकोसा, घिउसिमी, तितेकरेला, हरियो खुर्सानी, हरियो धनियाँ, गोलभेंडालगायत तरकारीको मूल्य अस्वाभाविक बढेको छ । समितिको विवरणअनुसार जेठमा औसत मूल्य प्रतिकिलो ५८.५० रुपैयाँ पर्ने मुला असारमा ९८.५२ रुपैयाँ पुगेको छ ।

जेठमा प्रतिकिलो २७ रुपैयाँ परेको बन्दा असारमा ५४.६६ रुपैयाँ पुगेको छ । स्थानीय काउली प्रतिकिलो ४२ रुपैयाँमा बिक्री भएकोमा अहिले ७०.६८ रुपैयाँ पर्छ ।

जेठमा प्रतिकिलो बोडी ७४.४७ रुपैयाँ रहेकोमा असारमा ९६.३७ रुपैयाँ पुगेको छ । यी सबै होलसेल मूल्य हुन् । खुद्रामा आइपुग्दा मूल्य झन्डै दोब्बर नै पुग्छ । खुद्रामा पसलैपिच्छे फरक मूल्य हुन्छ ।

बजार अनुगमन तथा नियमनको दायित्व स्थानीय निकायको हो । मूल्य हस्तक्षेप गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पनि हो ।

तर पछिल्लो समय उजुरीका आधारमा मात्रै विभागले अनुगमन गरिरहेको छ । यसले पनि मूल्य बढाउन चाहनेलाई मौका मिलेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

‘मनसुन सक्रिय भएकाले बाटोमा पनि केही समस्या उत्पन्न भइरहेकै छ । तरकारी छिट्टै सड्ने हुँदा माग र आपूर्ति नमिलेर पनि मूल्य वृद्धि हुन सक्छ’।

‘अनुगमन नियमित भएकै छ । तरकारी मूल्यका हकमा बोल्नुपर्ने निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालय हो । यद्यपि कालीमाटी तरकारी बजारसँग समन्वय गरेर अनुगमन गर्छौं ।’

जेठमा प्रतिकिलो ७४.४७ मूल्य रहेको मकै बोडी असारमा ९६.३७ रुपैयाँ, प्रतिकिलो ५८.५० रहेको गाजर ९८.५२ रुपैयाँ, १ सय २१ रहेको मटरकोसा १ सय ४५ रुपैयाँ, प्रतिकिलो ४७ रहेर्को घिउसिमी ८६ रुपैयाँ परेको समितिको विवरण छ ।

प्रतिकिलो ३२ रहेको तितेकरेला ५९ रुपैयाँ, ४१ रुपैयाँ रहेको लौका ५८ रुपैयाँ, ४२ रहेको घिरौंला ६१ रुपैयाँ, ५१ रहेको भेडेखुर्सानी १ सय ७ रुपैयाँ र ६९.५० रहेको हरियो धनियाँ १ सय ३२ रुपैयाँ पुगेको समितिले जनाएको छ ।

विगतको तुलनामा किसानले पाउने मूल्य भने बढेको समितिका सूचना अधिकारी श्रेष्ठको दाबी छ । ‘बर्खाको समयमा मूल्य सामान्यतः बढी हुन्छ नै, यससँगै किसानले पनि मूल्य पाएका छन्,’ उनले भने, ‘तर बजारभाउ पनि बढेकै छ ।’

२०७८ असार ३० गते प्रकाशित

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

वि.सं.२०८३ असार ३० मंगलवार १७:३२

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...