back

‘पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास गर्न आवश्यक’

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा २७ औं फ्लोरा एक्स्पोको उद्घाटन गर्दै उनले पुष्प व्यवसाय पनि प्रतिस्पर्धी क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रमा संलग्न साना व्यवसायीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले विदेशी बजारसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘पुष्प व्यवसाय एउटा प्रतिस्पर्धी व्यवसाय पनि हो । हामीले यस क्षेत्रमा लागेका साना व्यवसायीलाई पनि प्रवद्र्धन गर्नुपर्छ । साथै, विदेशी बजारसँग प्रतिस्पर्धा गर्न व्यवसायलाई अझ बढी प्रविधियुक्त बनाउन आवश्यक छ । यसलाई आयआर्जनको प्रमुख स्रोतका रूपमा थप विकास गर्दै लैजानुपर्ने आवश्यकता छ ।’

त्यसैगरी, उनले बागमती प्रदेशभित्र पुष्प व्यवसाय, पशुपालन तथा कृषि क्षेत्रलाई कसरी थप उन्नत बनाउने र त्यहाँ रहेका समस्याहरू पहिचान गरी समाधानका लागि प्रदेश सरकारले नीतिगत सुधार गर्नुपर्ने बताए । यस विषयमा छिट्टै वृहत् छलफल गरिने जानकारी समेत उनले दिए ।

‘बागमती प्रदेशभित्र पुष्प व्यवसाय र अन्य खालको पशुपालन व्यवसायहरु र कृषि क्षेत्रलाई कसरी बढि उन्नतीको दिशामा लैजाने र यहाँभित्रका समस्याहरु के छन् । समस्या सुधारको प्रदेश सरकारले आफ्ना के कस्ता नीतिहरुमा सुधार गर्नुपर्छ भन्ने विषयमा छलफल गर्न आवश्यक छ । हामी छिट््टै वृहत छलफल गछौं,’ उनले भने ।

आयोजकका अनुसार प्रदर्शनीमा करिब ६० हजार अवलोकनकर्ता आउने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

संघका अनुसार प्रदर्शनी आयोजना गर्न बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका निकायको सहयोग रहनेछ ।

प्रदर्शनीमा व्यवसायिक स्टल ६५, अफिसियल स्टल ११, प्रतिस्पर्धा स्टल २, फुड स्टल २, ल्याण्डस्केप स्टल १, सेल्फी स्टल १ तथा विद्युतीय गाडीको स्टल १ गरी कुल ८३ वटा स्टल रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने व्यवसायीलाई नगद, सिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । साथै लामो समयदेखि निरन्तर पुष्प व्यवसाय गर्दै आएका एकजना व्यवसायीलाई कदरपत्रसहित सम्मान गर्ने कार्यक्रम पनि राखिएको संघले जनाएको छ ।

प्रदर्शनीमा पुष्प नर्सरी, पुष्प फार्म, पुष्प तथा पुष्पजन्य सामग्री आपूर्तिकर्ता कम्पनीहरू र विभिन्न संघसंस्थाको सहभागिता रहेको छ ।

मेलामा मौसमी फूल, आलंकारिक बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, बीउबिजन, ग्रीनहाउस, कृषि औजार तथा उपकरण, थोपा सिँचाइ प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी तथा विभिन्न प्रकारका गमलाहरू प्रदर्शनी र बिक्रीका लागि राखिएको छ । आजदेखि सुरु भएको प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

वि.सं.२०८३ साउन १४ बिहीवार १०:०१

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना...

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

वि.सं.२०८३ साउन १३ बुधवार १३:२२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका...

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता, साउनदेखि कान्तिपुर र गोरखाको भुक्तानी सुरु

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता, साउनदेखि कान्तिपुर र गोरखाको भुक्तानी सुरु

वि.सं.२०८३ साउन १२ मंगलवार १६:०१

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा विभिन्न...

बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’ 

बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’ 

वि.सं.२०८३ साउन ११ सोमवार १४:५७

काठमाडौं । लामो समयदेखि बचत गरेको रकम फिर्ता नपाएपछि सहकारी...

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

वि.सं.२०८३ साउन ६ बुधवार १०:१७

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया...

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

वि.सं.२०८३ असार ३० मंगलवार १७:३२

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा...