back

हेटौँडास्थित टिसिएनको चौरमा कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र

nactional life

हेटौँडा । यही फागुन २९ गतेदेखि हेटौँडामा हुन लागेको दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडा-१० स्थित टिसिएनको चौरमा महोत्सव हुन लागेको हो । जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि आयोजना गर्न लागिएको महोत्सवको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।

जेनजी आन्दोलनको क्रममा भएको भौतिक क्षति पुनःस्थापना तथा खेलकुद सामग्री खरिद एवम् खेलकुद क्षेत्रको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए ।

‘दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारीलाई तीव्र पारिएको छ । अहिले महोत्सव स्थलको घेरा बारासहित स्टल निर्माण, खेलकुद प्रतियोगिता आयोजनास्थलको मर्मत सम्भार लगायतका कार्य भइरहेको छ’, अध्यक्ष मोक्तानले भने ।

महोत्सवबाट बचेको रकमले मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेल सामग्री खरिद गरिनेछ । महोत्सव सञ्चालनमा करिब ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ । ४०० वटा व्यावसायिक स्टल रहने महोत्सवमा खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य राखिएको अध्यक्ष मुक्ताफले बताए ।

महोत्सवमा राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्ला स्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र कराँते प्रतियोगिता, १० किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता हुनेछ । महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन समेत हुने बताइएको छ ।

महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट साङ्गीतिक प्रस्तुति समेत रहने खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले बताए । खेलकुद महोत्सवमा खेल क्षेत्रका १० जनालाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान समेत गर्ने आयोजकको तयारी रहेको छ ।

खेलकुद विकास समितिले यसअघि पनि महोत्सवको आयोजना गरेको थियो । महोत्सवबाट बचेको रकम खेलाडीको हितका लागि कोषमा राखिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:१४

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव...

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

वि.सं.२०८३ जेठ २० बुधवार १०:२९

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका...

काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी

काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०६

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:१५

काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग...

सुधारिएको मौरी पालनबाट मनग्गे आम्दानी, मुगुका किसान उत्साहित

सुधारिएको मौरी पालनबाट मनग्गे आम्दानी, मुगुका किसान उत्साहित

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:१२

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ लिउडी...

बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, ५ हजार टन भित्रियो

बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, ५ हजार टन भित्रियो

वि.सं.२०८३ जेठ १३ बुधवार १६:५१

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा...