back

सात महीनामा विप्रेषण ३९.८ प्रतिशतले वृद्धि, १२ खर्ब ६१ अर्ब रुपैयाँ भित्रियो

nactional life

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महीनामा नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) उल्लेखनीय रूपमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह ७.५ प्रतिशतले मात्रै बढेको थियो ।

प्रतिवेदनअनुसार गत माघ महिनामा मात्रै १ खर्ब ९८ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा भने १ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण आएको थियो ।

अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा बढेको छ । समीक्षा अवधिमा डलरमा विप्रेषण ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो वृद्धि ५.५ प्रतिशत मात्रै थियो । यता, वैदेशिक रोजगारीका लागि नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या भने घटेको देखिएको छ । चालू आवको सात महीनामा संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने २ लाख ४५ हजार १५३ जना रहेका छन् । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो स्वीकृति लिनेको संख्या २ लाख ७४ हजार ६२२ थियो ।

तर, पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ लाख ९० हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएकोमा चालू आवको सात महीनामा यस्तो संख्या बढेर २ लाख २७ हजार ४२४ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३२

काठमाडौं । स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट...

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

वि.सं.२०८३ जेठ २४ आइतवार ११:००

काठमाडौं । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...