back

कोशीका सहकारी रजिष्ट्रार भन्छन्, ‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो

किन देखिन्छ सहकारीमा समस्या ?

विराटनगर । कोशी प्रदेश मातहत रहेका सहकारीहरूको नियमन समेत गर्ने निकाय प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार भुपेन्द्र खनालले सहकारीमा एलिट वर्ग(जुन प्रभावशाली हुन्छ) हाबी हुँदा समस्या आइपर्ने गरेको बताएका छन् । नेपाल न्यूज बैंकसंगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

‘सहकारीको वास्तविक मर्म गरिबी निवारण गर्नका लागि श्रमिक मजदुरहरूले चलाउने भन्ने हो । तर, समाजका एलिट बर्गले चलाएको पाइरहेका छौँ । हामीले यसको सिद्धान्तमा रहेर चल्ने बनाउन सक्नुपर्दछ ।’

खनालका अनुसार कोशी प्रदेशका सहकारीलाई व्यवस्थित गर्नका लागि कार्यालय लागि परेको छ । प्रदेशमा समस्या देखिएका सहकारीहरूको हिसाब छानबिन गरिरहेको उल्लेख गर्दै प्रतिवेदनका आधारमा सङ्कटग्रस्त सहकारीमा जान सक्ने सहकारीलाई सङ्कटग्रस्त सहकारी घोषणा गर्ने उनले बताए ।

कोशी प्रदेशमा यसअघि सुनसरीको इटहरीमा रहेको अम्बे कोशी सहकारी सङ्कटग्रस्त बनेको छ । जसलाई कोशी प्रदेश सरकारले गठन गरेको सङ्कटग्रस्त सहकारीका सम्बन्धमा व्यवस्थापन गर्न बनेको समितिमार्फत सहकारीको सम्पूर्ण काम भइरहेको छ ।

४४३ सहकारीको छैन विवरण
यसैबिच कोशी प्रदेशमा प्रदेश मातहतमा रहेका ४४३ सहकारीको विवरण नै अद्यावधिक नभएको पाइएको छ । प्रदेश मातहतमा रहेका १०७५ सहकारीमध्ये सो संख्याका सहकारीको विवरण नपाइएको हो ।

कार्यालयले त्यस्ता विवरण नबुझाउने सहकारीलाई दोस्रो पटक सूचना जारी गर्दै २१ दिनभित्र कार्यालयमा विवरण अद्यावधिक गर्न भनेका छ । पहिलो पटक सूचना जारी गर्दा ४४ संस्था मात्रै सम्पर्कमा आएकोले ठूलो संख्या भएकाले पुनः सूचना जारी गर्नुपरेको रजिष्ट्रार खनालले जनाए ।
प्रदेश सहकारी ऐन, २०७६ को दफा ६०(१) अनुसार दुई वर्षसम्म अनिवार्य विवरण नबुझाएका सहकारी संघ÷संस्थाहरूको सूची यसअघि २०८२ भदौ १७ गते सार्वजनिक गरिएको थियो । तर त्यसपछि पनि विवरण नबुझाएकाले ती सहकारीहरूको नाम पुनः सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।

सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखा परीक्षणसम्बन्धी मापदण्ड, २०७८ को दफा २७(१) बमोजिम निष्क्रिय ठहर गरिएका सहकारीहरूको सूची सार्बजनिक गर्दै २१ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा अद्यावधिक नगराए नियमानुसार दर्ता खारेजीगर्नेसम्मको कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

किन देखिन्छ सहकारीमा समस्या ?
प्रमुखरुपमा स्वनियमनको अभावका कारण नै सहकारीमा समस्या देखा पर्ने सहकारी क्षेत्रका जानकारहरूको मत छ । सहकारीको बुझाइमा भएको कमजोरीका साथै सिद्धान्तबाहिर गएर काम गर्दैगर्दा समस्या देखिने गरेको सरोकारवालाहरुको बुझाइ छ ।

गैह्र सदस्यको कारोबार, कानुनको पालनामा कमजोरी, कार्यक्षेत्रबाहिरको कारोबारका साथै अत्याधिक खराब कर्जाले गर्दा पनि सहकारीमा समस्या आउने गर्दछ । त्यसमाथि नियमनको कमजोरीका कारण पनि सहकारीमा समस्या देखा पर्ने गरेको बुझाइ छ ।

nactional life
Corporatebazar 11 Anniversary

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...

सहकारी पीडितको ४० अर्ब दाबी, सरकारको राहत कोषमा जम्मा २५ करोड मात्रै

सहकारी पीडितको ४० अर्ब दाबी, सरकारको राहत कोषमा जम्मा २५ करोड मात्रै

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:१८

काठमाडौं । देशभरका समस्याग्रस्त सहकारीबाट पीडित बचतकर्ताहरूले करिब ४० अर्ब...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२२

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को नौ महिना...

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १६:३२

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई...