back

स्याउबाट जाम, जेली, जुस बनाएर आम्दानी गर्न सिक्दै मुगुका किसान

nactional life

मुगु । प्राकृतिक स्रोत साधनले सम्पन्न भए पनि अवसर र लगानीको अभावले लामो समयदेखि ओझेलमा परिरहेको मुगुमा पछिल्लो समय कृषि क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ । सडक सञ्जाल विस्तारसँगै यहाँ उत्पादन हुने अर्गानिक स्याउ देशभरका विभिन्न शहरमा पुग्न थालेपछि किसानको दैनिकी सहज बन्दै गएको छ ।

मुगुको स्याउ सिजनमा त ताजा फलका रूपमा बजारमा बिक्री हुने गरेको छ भने अफ–सिजनमा खेर जाने स्याउलाई प्रयोगमा ल्याउन किसानले नयाँ सीप सिक्न थालेका छन् । जिल्ला भित्रका विभिन्न स्थानमा किसानलाई जाम, जेली, जुस, चाना, अचार लगायतका परिकार बनाउन तीन दिने तालिम दिइएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना इकाई मुगुका प्रमुख तेजविक्रम मल्लका अनुसार, ‘तालिमपछि किसानलाई परिकार बनाउन आवश्यक उपकरण खरिद गर्दा कुल मूल्यको ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइन्छ । यसले स्याउ खेर जाने समस्या कम गरी किसानलाई थप आम्दानी गर्ने अवसर प्रदान गर्नेछ ।’

तालिमपछि किसानहरू उत्साहित भएका छन् । प्रशिक्षक हरिकृष्ण बिष्टका अनुसार, ‘यो तालिम अन्त्य नभई सुरुवात मात्र हो । किसानले घरमा गएर उत्पादनलाई परिकारमा परिणत गरी बजारमा पु¥याउन सके गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । विदेश जानु भन्दा आफ्नै उत्पादनबाट आत्मनिर्भर बन्ने अवसर यसले खोल्छ ।’

यसअघि राम्रो गुणस्तरका दाना मात्र बिक्री हुने र बाँकी स्याउ परिवार, पशुपालन वा नष्ट गर्नुपर्ने अवस्था थियो । तर अब किसानले जुस, जाम, जेली, अचार, भुजालगायतका वस्तु बनाउन सीप सिकेका छन् । तालिममा सहभागी किसान शिव बुढाले भने, ‘पहिले खेर जाने स्याउ अब आम्दानीको स्रोत बन्न सक्छ भन्ने आत्मविश्वास बढेको छ । यो सीपलाई व्यवसायीक बनाउन हामी लाग्नेछौँ ।’
मुगुमा स्याउ उत्पादन अत्यधिक मात्रामा हुने भएकाले यसको व्यवस्थित उपयोग भए जिल्लाको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुग्ने किसानहरूको विश्वास छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:१४

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव...

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

वि.सं.२०८३ जेठ २० बुधवार १०:२९

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका...

काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी

काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०६

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:१५

काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग...

सुधारिएको मौरी पालनबाट मनग्गे आम्दानी, मुगुका किसान उत्साहित

सुधारिएको मौरी पालनबाट मनग्गे आम्दानी, मुगुका किसान उत्साहित

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:१२

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ लिउडी...

बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, ५ हजार टन भित्रियो

बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, ५ हजार टन भित्रियो

वि.सं.२०८३ जेठ १३ बुधवार १६:५१

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा...