back
nactional

बाँझो बारीमा ड्रागन फ्रुटको बगैँचा : रामबहादुर साईको लाखौँ आम्दानी

रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर शाहीले बाँझो बसेको बारीलाई पैसा फल्ने ठाउँ बनाएका छन् । धेरै वर्ष बाँझै रहेको बारीका पाटामा अहिले ड्रागन फ्रुटले पेसा फलाएको छ ।

अत्यधिक सुख्खा जमिनका कारण लामो समयसम्म बाँझै रहेको बारी अहिले सबैको मन लोभ्याउने ठाउँ बनेको छ । २०५३ सालदेखि काठमाडौँमा नर्सरी व्यवसाय गर्दै आएका साईले १० वर्ष अघि गाउँ फर्केर कृषि उद्यम सुरु गरेका थिए । साईको काठमाडौंको नर्सरी अहिले पनि छ । तर गाउँमा आएर नयाँ प्रयोग गर्दा राम्रो आम्दानी भएपछि साही गाउँमा नै रमाएका छन् ।

शाहीले ३ वर्षअघि भदौरे कालिका कृषि फर्म दर्ता गरेर बाँझो जमिनमा ड्रागन लगाएका हुन् । अहिले उनका बारीमा ८ सयभन्दा बढी ड्रागन फ्रुटका बोट छन् । साईको पहिलो लटमा नै एक लाख रुपैयाँभन्दा बढी फल बिक्री भयो । यो वर्ष ६ लाख रुपैँयाको फल बिक्री हुने उनको अनुमान छ ।
प्रति किलो ३ सय ३० रुपैयाँमा बँगैचाबाट बिक्री हुने ड्रागन फ्रुटको बजारको कुनै चिन्ता नभएको उनले बताए । ’व्यापारीहरू यहीँ किन्न आउँछन्, अहिलेसम्म बजारको कुनै समस्या छैन’, साईले भने।

ड्रागन फ्रुटसँगै शाहीले दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) स्थापना गरेर बिरुवा उत्पादन सुरु गरिरहेका छन् । त्यस्तै सयपत्री लगायतका फूलबाट पनि उनले राम्रो आम्दानी गर्ने गरेका छन् ।
रामेछाप जिल्लामा अमिलो जातका फलफूल– जुनार, सुन्तला र कागती राम्रो हुने भएकाले त्यही प्रजातिका बिरुवा उत्पादनलाई उनले प्राथमिकता दिएका छन् । यसबाहेक सयपत्री, मखमलीलगायतका फूल पनि उनले सिजन अनुसार बजारमा पठाउँछन् । साईले व्यवसायीक कृषि सुरु गरेपछि अन्य किसानले पनि व्यवसायीक रूपमा फलफूल खेती सुरु गरेका छन् । साई किसानको लागि प्रेरणाको स्रोत बनेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो 

युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो 

वि.सं.२०८३ भदौ २ मंगलवार १८:०२

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा नगदेबालीका रूपमा रहेको चिराइतो खेती विस्तारै...

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति: ४ हजार बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति: ४ हजार बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ साउन २५ सोमवार १७:०४

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब ४ हजार...

शिक्षक दिलबहादुरको कृषिकर्म : खोरियामा फुल्यो ‘ड्रागन’को सपना

शिक्षक दिलबहादुरको कृषिकर्म : खोरियामा फुल्यो ‘ड्रागन’को सपना

वि.सं.२०८३ साउन २४ आइतवार १२:३९

रामेछाप । दिनभरि विद्यालयको कक्षाकोठामा विद्यार्थीलाई पढाउने जिम्मेवारी । बिहान...

रौतहटका धान खेत जलाशयमा परिणत, किसान मर्कामा 

रौतहटका धान खेत जलाशयमा परिणत, किसान मर्कामा 

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१८

रौतहट । प्रकृतिकोे सानो कृपाको पर्खाइमा रहेका रौतहटका किसानमाथि दैवले...

किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

वि.सं.२०८३ साउन २० बुधवार १६:१७

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो...

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०८

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति...