back
himalayan life

कर्णालीका कृषि उत्पादन युरोप निर्यात

सुर्खेत । कर्णालीका कृषि उत्पादनहरु युरोप निर्यात हुन थालेपछि किसानहरु खुशी भएका छन् ।आर्थिक वर्ष २०८१/०८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन अदुवा र बेसारको धुलोलगायत कृषि उत्पादनहरु युरोपमा निर्यात गरिएको छ ।

कर्णाली सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत खड्काकाअनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मन निर्यात गरिएको छ ।

कर्णालीका सल्यान, रूकुम पश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अर्गानिक भ्याली’ले संकलन गरी जर्मनीलगायत देशमा निर्यात गर्दै आएको खड्काले बताए।

‘बर्सेनी कर्णालीको अदुवा र बेसार विदेश निर्यात भइरहेको छ’ उनले भने, ‘कर्णालीबाट अदुवा र बेसारसंगै मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात भइरहेको छ ।’

पछिल्लो समय कर्णालीबाट अर्गानिक अदुवा र बेसारलगायतका कृषि उत्पादन छिन्चुमा रहेको द अर्गानिक भ्यालीमार्फत प्रमाणीकरण र प्रशोधन गरी जर्मनीलगायतका तेस्रो मुलुकहरुमा निर्यात गरिरहेको बताए ।

कर्णालीमा तीन जिल्लाका दुई हजारभन्दा बढी कृषक प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । उक्त कम्पनीले अदुवा र बेसारबाहेक मकैको पिठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गर्ने गर्दछ । अर्गानिक प्रमाणीकरणमा आबद्ध भएपछि कृषि उपजले उचित मूल्य पाउन थालेको छ । जसले किसानको आयआर्जन बढाउनुका साथै जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ ।

नियमित गोडमेल गर्न नपर्ने र लगानी पनि कम लाग्ने भएकाले अदुवा र बेसार खेती गर्न सहज हुनेगरेको सुर्खेत चौकुने गाउँपालिकाका कृषक हरि थापाले बताए ।

अदुवा र बेसार विदेशमा निर्यात भइरहेपनि भौगोलिक विकटता र कृषकको पहुँच नहुँदा किसान भने सहज रूपमा बजारसम्म पुग्न सकेका छैनन् । प्रदेश सरकारले पकेट क्षेत्र निर्माण गरेर उत्पादन र बिक्री वितरणलाई सहज बनाउनुपर्ने कृषकहरूको माग छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

वि.सं.२०८३ असार १७ बुधवार १०:४५

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र...

कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

वि.सं.२०८३ असार १६ मंगलवार १३:२१

काठमाडौं । आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बस्नेतले नेपालको समृद्धि...

रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

वि.सं.२०८३ असार १६ मंगलवार १३:०८

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित...

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

वि.सं.२०८३ असार १५ सोमवार १७:०१

काठमाडौं । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले नेपालमा धान...

धान दिवसको रौनक र समर्थन मूल्यको सकस : किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

धान दिवसको रौनक र समर्थन मूल्यको सकस : किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

वि.सं.२०८३ असार १५ सोमवार १६:५३

काठमाडौं । नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस...

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

वि.सं.२०८३ असार १० बुधवार १७:४५

काठमाडौं । राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि...