back

३० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीको छतिउने स्थिति सुकाजोर खोलाको जग्गा ३० वर्षदेखि बाँझै थियो ।

अति उब्जाउ हुने छतिउनेको खेत सुकाजोर खोलामा आएको बाढीले बगायो, छतिउने खोल्सामा आएको बाढी पु¥यो । खेत त बगायो तर खोला पनि सुक्यो । सुकाजोर खोलामा मूल नफुटेको वर्षौँ भयो । त्यसैले सुकाजोर खालाका अधिकांश खेत बाँझै छन् । खोला किनारका खेतहरू बगरमा परिणत भएका छन् ।

न पानी न प्रशस्त माटो भएको जग्गा । राम्रै जमिन त बाँझो बस्न लागेको बेला बगरमा कसले खेती लगाउनु । छतिउनेको फाँट ३० वर्षसम्म बाँझै बस्यो ।

जग्गा बाझो छाड्नु हुँदैन, केही न केही गर्नुपर्छ भन्ने हुटहुटी सुनरपानीका स्थानीयलाई जाग्यो । त्यही हुटहुटीले एकीकृत कृषि तथा प्राकृतिक स्रोत व्यवस्थापन केन्द्र नामको कृषि फाम दर्ता भयो र सुरु भयो सामूहिक कृषि फार्म ।

हेर्दा हेर्दै मरुभूमि जस्तै बनेको बाँझो जग्गा दुई वर्षमा नै मरुद्यान जस्तै बन्यो । अहिले छतिउने रहरलाग्दो बनेको छ । छतिउनेको बगरमा बाख्राका पाठा उफ्रिँदै छन् । कुखुराको क्वारक्वार कुरकुर सुनिन्छ । रहरलाग्दो तरकारी खेती छ ।

छतिउने भन्दा माथि पाखामा पनि सामूहिक रूपमा नै फलफूल खेती हुँदैछ । कागती, एभोकार्डो, ड्राइगन फ्रुटका बिरुवा हुर्कँदै छन् । दुवै ठाउँमा गरी झण्डै २ सय रोपनी जग्गामा सामूहिक खेती भइरहेको छ ।

छतिउनेको फार्ममा अहिले गोलभेँडा, लसुन, प्याज, बन्दा, काउली, ब्रो काउली, खरबुजा, च्याउ, मेवा लगायतका तरकारी र फलफूल छन् । सिँचाइको लागि पानी तानिएको छ ।

फार्ममा उन्नत जातका बाख्रा र पाठा पाठी हुर्कँदै छन् । अहिले फार्ममा ८५ वटा बाख्रा रहेका फार्मको व्यवस्थापन गरिरहेका कृष्णबहादुर कार्कीले बताए । त्यस्तै अण्डा दिने १२ सय बढी लेस कुखुरा छन्। थप १५ सय चल्ला हुर्कँदै छन् । बोइलर कुखुरा पनि एक लटमा १ हजार वटा हाल्ने गरिएको छ।

कुखुरा र बाख्रा फार्ममा नै भएकाले त्यसैबाट तरकारी खेती फस्टाएको छ । तरकारी, कुखुरा र अण्डाले नियमित आम्दानी दिन लागेका छन् । अहिले फार्ममा ७ जना मानिसले रोजगारी पाइरहेका छन् । फार्म सञ्चालनमा सामूहिक लगानीका अलावा स्थानीयदेखि केन्द्र सरकारसम्मको पनि लगानी छ ।

देशमा अवसर छैन, गाउँमा केही हुँदैन, विदेश नै जानु पर्छ भन्नेलाई यो फार्मले गाउँमा पनि अवसर छ, बाँझो जग्गालाई गुलजार बनाउन सकिन्छ, दश नङ्ग्रा खियाउने हो भने यहीँ केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...

सहकारी पीडितको ४० अर्ब दाबी, सरकारको राहत कोषमा जम्मा २५ करोड मात्रै

सहकारी पीडितको ४० अर्ब दाबी, सरकारको राहत कोषमा जम्मा २५ करोड मात्रै

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:१८

काठमाडौं । देशभरका समस्याग्रस्त सहकारीबाट पीडित बचतकर्ताहरूले करिब ४० अर्ब...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२२

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को नौ महिना...

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १६:३२

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई...