back
nactional

नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने र यसले कसैलाई नडुबाउने बताउनुभएको छ ।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको आज सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरुको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताउनुभयो ।

अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरुले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार अनियमतता, बेथिति, ठगी, कीर्तेजस्ता गलत कामलाई नियन्त्रण गर्न सजग रहेको पनि स्पष्ट गर्नुभयो ।

“ विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो । स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरुमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरु छन् ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस् । । समितिले सरकारलाई निर्देश गरोस् । त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ ।”

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो 

युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो 

वि.सं.२०८३ भदौ २ मंगलवार १८:०२

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा नगदेबालीका रूपमा रहेको चिराइतो खेती विस्तारै...

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति: ४ हजार बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति: ४ हजार बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ साउन २५ सोमवार १७:०४

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब ४ हजार...

शिक्षक दिलबहादुरको कृषिकर्म : खोरियामा फुल्यो ‘ड्रागन’को सपना

शिक्षक दिलबहादुरको कृषिकर्म : खोरियामा फुल्यो ‘ड्रागन’को सपना

वि.सं.२०८३ साउन २४ आइतवार १२:३९

रामेछाप । दिनभरि विद्यालयको कक्षाकोठामा विद्यार्थीलाई पढाउने जिम्मेवारी । बिहान...

रौतहटका धान खेत जलाशयमा परिणत, किसान मर्कामा 

रौतहटका धान खेत जलाशयमा परिणत, किसान मर्कामा 

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१८

रौतहट । प्रकृतिकोे सानो कृपाको पर्खाइमा रहेका रौतहटका किसानमाथि दैवले...

किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

वि.सं.२०८३ साउन २० बुधवार १६:१७

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो...

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०८

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति...