back

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता गराउन सफल

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीहरुमा रहेको निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तिव्रता दिनु भएको छ ।

सहकारी बिभागको सिफारिसमा यसअघि नै मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीमध्ये कुबेर बचत तथा क्रण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी सस्थाको सम्पक्ती व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यस्थापन समितिका अध्यक्ष श्रीमोहन गौतमका अनुसार मन्त्री अधिकारी र मन्त्रालयसंगको निरन्तर समन्वय र अग्रसरतामा यसअघि नै समस्याग्रस्त घोषित ३ सहकारीको सम्पुर्ण बचत रकम फिर्ता गराउन सफल भएको बताउनु भयो ।

समस्याग्रस्त संस्थाका पिडीत, बचतकर्ताका प्रतिनिधि, सञ्चालक तथा यस समितिबिच बिभिन्न मितिमा बचत फिर्तालगायतका बिषयमा निरन्तर छलफल भई समस्याग्रस्त १९ वटा सहकारीमध्ये ३ वटा सहकारीको समस्या पुर्णरुपमा समाधान भएको छ ।

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त रहेका अन्य १७ वटा सहकारीको समस्याको स्थायी समाधानका लागि पहल गरिरहेको बताउनु भयो । पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका, दोस्रो चरणमा समस्याग्रस्तउन्मुख रहेका र तेस्रो चरणमा सहकारीमा देखिएको समस्याहरुको स्थायी समाधानका लागि मन्त्रालयले काम गरिरहेको मन्त्री अधिकारीको भनाई छ ।

मन्त्री अधिकारीको अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई अझ बढि प्रभावकारी ढङ्गले परिचालन गरी बचत फिर्ताको कार्यलाई तदाकरुकताका साथ अघि बढाएको बताउनु भयो ।

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दवाडीले सहकारी ऐन, २०७४ ले परिकल्पना गरेका तर सो बमोजिम गठन हुन नसकेका संरचनाहरु : कर्जा तथा बचत सुरक्षण कोष, कर्जा सुचना केन्द्र, दोस्रो तहको नियामक निकाय, कर्जा असूली न्यायाधीकरण स्थापना तथा गठनको प्रक्रिया समेत अघि बढेको जानकारी दिनु भयो ।

 

nactional life
Corporatebazar 11 Anniversary

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२२

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को नौ महिना...

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १६:३२

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई...

मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

वि.सं.२०८२ चैत १९ बिहीवार ११:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा...

रौतहटमा वर्षा र हावाहुरीको वितण्डा : चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमा

रौतहटमा वर्षा र हावाहुरीको वितण्डा : चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमा

वि.सं.२०८२ चैत ९ सोमवार १४:११

रौतहट । चैत ६ र ७ गते (शुक्रबार र शनिबार)...

फ्लोरा एक्स्पोको तेस्रो दिन : २१ हजार ५ सयले गरे अवलोकन, ३८ लाखभन्दा बढीको कारोबार

फ्लोरा एक्स्पोको तेस्रो दिन : २१ हजार ५ सयले गरे अवलोकन, ३८ लाखभन्दा बढीको कारोबार

वि.सं.२०८२ चैत ७ शनिवार २०:०४

काठमाडौं । पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित राजधानीमा आयोजना गरिएको...