back
skip this Samagra

सहकारीमा मौलाउँदो बेथितिः १२ सहकारी समस्याग्रस्त अवस्थामा, यसरि सरकारले समस्या सामाधान गर्न सक्छ

‘सदस्यहरु आफू उत्तरदायी हुनुपर्यो’

काठमाडौं ।सर्वसाधारण जनताले दैनिक आधारभूत खर्चबाट कटाएर सहकारीमा बचत गर्ने गर्दछन् । भविष्यमा आफ्नै काम आउँछ भन्ने सोचेर सहकारी संस्थालाई विश्वास गरि रकम बचत गरेका हुन्छन् । त्यही रकम लिएर सहकारीका संचालक फरार भएका धेरै उदाहरणहरु छन् भने अर्कोतर्फ तिनै सहकारी विभिन्न कारणहरु समस्याग्रस्त अवस्थामा पुगेका छन् ।

जसका कारण सहकारी संस्थाहरुप्रतिको जनविश्वास दिनप्रतिदिन घट्न थालेको छ। एकातिर सरकार जनतालाई बचत गर्ने बानीको विकास गराउन जुटेको छ, भने अर्कातिर बचत गर्न भनि स्थापना गरिएका संस्थाहरु नै जनताको विश्वाससँग खेलिरहेका छन्, जसको प्रभावकारी नियमन गर्न सरकार चुकेको छ ।

नियमन, कारबाही लगायतका व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुँदा निक्षेप लिएर भाग्ने, बचतको दुरुपयोग गर्ने, आफ्नो व्यक्तिगत फाइदाका ठाउँमा लगानी गर्ने जस्ता क्रियाकलाप पनि सहकारी संचालकद्वारा हुने गरेको छ । यसरी दुरुपयोग भएको रकमको क्षतिपूर्ति सर्वसाधारणले पाउने ग्यारेन्टी पनि सरकारले गर्न सक्दैन । केही फरार व्यक्तिहरु समातिन्छन् भने केही कारबाहीको दायरामा नै आइपुग्दैनन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरुको रकम फिर्ता गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समिति तातेको छ मन्त्रीलाई भेटेर समस्याग्रस्त सहकारीको बारेमा प्रतिवेदन बुझाइसकेको छ । यससँगै बचतकर्तामा रकम फिर्ता आउँछ भन्ने आश पलाएको छ ।

प्रतिवेदन बुझाउने क्रममा मन्त्रालयले रकम असुली गरेर पीडितहरुलाई दिलाउने कुरामा प्रतिवद्ध जनाएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले १२ समस्याग्रस्त अवस्थामा रहेका सहकारीहरुमा भएको कामको प्रतिवेदन, समस्या चुनौती र समाधानका उपायहरुको आदि समेटेर प्रतिवेदन बुझाएका छौं । रकम असुली गरेर पीडितहरुलाई बुझाउन अग्रसर हुने कुरामा मन्त्रालयको साथ सहयोग रहन्छ भन्ने प्रतिक्रिया आएको छ ।’

समितिले १२ वटा सहकारी संस्थालाई यसअघिनै समस्याग्रस्त सहकारीको रुपमा घोषणा गरिसकेको छ । जुन स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ रहेका छन् । त्यसैगरि, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कुवेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

त्यस्तै, समस्याग्रस्त घोषित सहकारीहरुमा चार्टर सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ, ओरेण्टल सहकारी लिमिटेड, भेगास बचत तथा ऋण सहकारी, स्टाण्डड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

समितिका अनुसार समस्याग्रस्त घोषित उक्त सहकारीको दायित्व रकम १ अर्ब ९६ करोड ५० लाख ७० हजार रुपैयाँ रहेको समितिले जनाएको छ । समस्या ग्रस्थ रहेको सहकारीहरुबाट हालसम्म रकम १ करोड ३७ लाख ५८ हजार रुपैयाँ रहेको छ भने उठाउन बाँकी दायित्व रकम १ अर्ब ९० करोड ९८ लाख ९५ हजार रुपैयाँ रहेको समितिले जनाएको छ । समस्याग्रस्त घोषित रहेका उक्त सहकारीमा हालसम्म १ हजार २८३ सदस्यहरुको रकम भुक्तानीका लागि माग दावी परेको छ ।

उहाँका अनुसार ५० हजार रुपैयाँभन्दा कम रकम रहेका पीडितहले पैसा पाइसकेका छन् । १० हजारभन्दा माथिका बचतकर्ताहरुको ११ प्रतिशत र ६ प्रतिशतले गएको छ । लुनिभा सहकारीको ५२ लाख रुपैयाँ वितरणको अवस्थामा रहेको छ ।

समितिका अनुसार समस्याग्रस्त घोषित रहेको स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा १७५ जना बचतकर्ताले रकम माग गरेका छन् । जसको साँवा, ब्याज, शेयर र कर्जा समेत गरी २१ करोड ८३ लाख ५० हजार रुपैयाँ बराबरको दायित्व रकम रहेको छ । त्यस्तै, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभमा ३५१ जनाले बचतकर्ताले रकम माग गरेका छन् । उक्त सहकारीको दायित्व रकम ९६ करोड ३० लाख ७३ हजार रुपैयाँ रहेको तथ्याङमा उल्लेख छ ।

त्यस्तै, प्रभु बचत तथा ऋण सहकारी संस्थामा माग दावी गर्ने बचतकर्ताको संख्या १३८ रहेको छ । यस सहकारीको दायित्व रकम २६ करोड ७१ लाख ३६ हजार रुपैयाँ रहेको छ । त्यसैगरी समस्याग्रस्त घोषित रहेको कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभमा ५१ जना बचतकर्ताले रकम माग दावी गरेका छन् । उक्त सहकारीको दायित्व रकम ४ करोड ७९ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

यसैगरी, कन्जुमर बचत तथा ऋण सहकारी संस्थामा ५७ जना बचतकर्ताले रकम माग दावी गरेका छन् । उक्त सहकारीको दायित्व रकम ८ करोड ७७ लाख ६६ हजार रुपैयाँ रहेको छ । समितिको तथ्याङक अनुसार कुवेर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा १० जना बचतकर्ताले रकम माग दावी गरेका छन् । यस सहकारीको दायित्व रकम १ करोड १२ लाख ८२ हजार रुपैयाँ रहेकोे छ ।
त्यस्तै, समस्याग्रस्त घोषित चार्टर सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभमा रकम माग दावी गर्ने बचतकर्ताहरुको संख्या १४ रहेको छ । जसको दायित्व रकम १ करोड ६५ लाख ३४ हजार रुपैयाँ रहेको तथ्याङमा उल्लेख छ ।

समितिको तथ्याङक अनुसार भेगास बचत तथा ऋण सहकारीमा १७ जना बचतकर्ताले रकम माग दावी गरेका छन् । उक्त सहकारीको दायित्व रकम ३ करोड ३० लाख ६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, स्टाण्डड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड सहकारीमा रकम माग दावी गर्ने बचतकर्ताको संख्या १६ रहेको छ । जुन सहकारीको दायित्व रकम १ करोड ४८ लाख १३ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, समस्याग्रस्त घोषित सोसाइटल बचत तथा ऋण सहकारी संस्थामा २४० जना बचतकर्ताहरुले रकम माग दावी गरेका छन् । उक्त सहकारीको दायित्व रकम ९ करोड ७० लाख १५ हजार रुपैयाँ रहेको छ । लुःनिभा बहुउद्देश्य सहकारी संस्थामा २१४ जना बचतकर्ताले माग दावी गरेका छन् । जसको दायित्व रकम १५ करोड २९ लाख ६४ हजार रुपैयाँ रहेको तथ्याङमा उल्लेख छ ।

‘सदस्यहरु आफू उत्तरदायी हुनुपर्यो’

बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्याल केही निश्चित सिमित व्यक्तिहरुले सञ्चालन गरेर चलाएका अधिकांश सहकारीमा निक्षेपकर्ताको रकम संचालक र पदाधिकारीले नै प्रयोग गर्ने समस्या आएको बताउनुहुन्छ ।

अध्यक्ष पौड्याल भन्नुहुन्छ,‘ सदस्यहरु आफू उत्तरदायी हुनुपर्यो । सदस्यले स्वामित्व लिनेगरि, नियन्त्रण प्रणालीमा भाग लिनेगरि, त्यसको फाइदा लिनेगरि आफैँ सतर्क हुनुपर्छ । एउटा परिवारलाई जिम्मा लगाएर पैसा धरापमा पर्छ नै। ती पारिवारिक संस्थाहरु हुन् । पारिवारिक ढंगले चलाएका संस्थाहरु र ती संस्थाहरुले भ्रम सिर्जना गर्ने र तिनीहरुले नागरिक ठग्ने काम गरेका छन् ।

त्यस्तालाई अविलम्ब बन्द गर्नुपर्छ। अझै पनि त्यस्ता संस्थाहरु छन्। त्यस्ता संस्थाहरुलाई तुरुन्त नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउनुपर्छ।’ सहकारी विभागले पारिवारिक ढंगले सिमिति व्यक्तिले सञ्चालन गरेका संस्थाहरुलाई नियन्त्रणमा लिने र कारबाही गर्ने विषय अविलम्ब शुरु गर्नुपर्ने पौड्याल बताउनुहुन्छ ।

‘सहकारीलाई एउटै सोच्ने परिपाटीको अन्त्य गरिनुपर्छ’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल सहकारीलाई सरकारले मर्जरमा जाने नीतिगत व्यवस्था गरिदिएपछि सहकारीहरु पनि मर्जरतर्फ आकर्षित हुन थालेको बताउनुहुन्छ । सहकारीहरु मर्जरमा जाँदा थप मजबुद हुँदै गएको उहाँको भनाइ छ ।

कँडेलले केही समस्याग्रस्त सहकारीका कारण सहकारी अभियानलाई हेर्ने दृष्टिकोण फरक बन्न थालेको बताउनुहुन्छ । उनी भन्छन्, ‘केही सहकारीका कारण समग्र सहकारीलाई एउटै सोच्ने परिपाटीको अन्त्य गरिनुपर्छ ।’यो समाचार बैंकिङ खबरको सहयोगमा तयार पारिएको हो।


सरकारी ऋणको साँवा–ब्याज तिर्न साढे पाँच खर्ब चाहिने, बजेटमा स्रोतको सकस : निक्लेलात सोलुसन् ?

सरकारी ऋणको साँवा–ब्याज तिर्न साढे पाँच खर्ब चाहिने, बजेटमा स्रोतको सकस : निक्लेलात सोलुसन् ?

वि.सं.२०८० चैत २० मंगलवार २१:३०

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले भुक्तानी...

करोडौं बचत फिर्ता गर्न नसकेको एमएसआर सहकारीका सेवा केन्द्र बन्द हुन थाले

करोडौं बचत फिर्ता गर्न नसकेको एमएसआर सहकारीका सेवा केन्द्र बन्द हुन थाले

वि.सं.२०८० चैत १९ सोमवार १४:०९

काठमाण्डौ । ललितपुरको ढोलाहिटीमा प्रधान कार्यालय रहेको एमएसआर बहुउदेश्यिय सहकारी...

सहकारीको नियमनका लागि छुट्टै निकाय गठन प्रक्रिया अघि बढ्यो

सहकारीको नियमनका लागि छुट्टै निकाय गठन प्रक्रिया अघि बढ्यो

वि.सं.२०८० चैत १६ शुक्रवार १९:२८

काठमाडौं । कमजोर नियमनको फाइदा उठाउँदै शहर केन्द्रीत केही सहकारीहरुले...

वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय

वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय

वि.सं.२०८० चैत १४ बुधवार १०:५९

पर्सा । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र...

८ बुँदे सहमति गर्दै सहकारी बचतकर्ताहरूको आन्दोलनका सबै कार्यक्रम स्थगित

८ बुँदे सहमति गर्दै सहकारी बचतकर्ताहरूको आन्दोलनका सबै कार्यक्रम स्थगित

वि.सं.२०८० चैत ८ बिहीवार १८:५१

काठमाडौं । सहकारी बचतकर्ताहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्...

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

वि.सं.२०८० फागुन २९ मंगलवार २१:४१

काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड...