back

’वैदेशिक रोजगार बचतपत्र’ जारी गरिँदै : कति छ ब्याज ?

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीसँग जोडिएका नेपालीहरुका लागि उच्च ब्याज दिने गरी ऋणपत्र जारी गर्ने भएको छ ।

सरकारले वार्षिक साढे १२ प्रतिशत ब्याज दिने गरी ’वैदेशिक रोजगार बचतपत्र २०८४’ नामको ऋणपत्र जारी गर्न लागेको हो ।

यस ऋणपत्रमा तोकिएको ब्याज अहिले नेपाली वित्तीय बजारमा प्रचलित ब्याजदर (मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत) भन्दा बढी हो ।

वैदेशिक रोजगारीमा गएकाले भने बैंकमा निक्षेप राख्दा यसमा थप एक प्रतिशत गरी कुल १२.०३ प्रतिशतसम्म ब्याज पाउने व्यवस्था गरिएको छ ।

ऋणपत्र पाँच वर्षपछि परिपक्व हुने जनाइएको छ । अर्थात् लगानी गरेको रकम ऋणपत्र खरिदकर्ताले पाँच वर्षमा फिर्ता पाउनेछन् ।

यसबीच पाँच वर्षसम्ममा वार्षिक साढे १२ प्रतिशतको दरले जम्मा लगानी गरेको रकममा थप साढे ६२ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।

सरकारले यो बचतपत्रको बिक्री आगामी जेठ १८ गतेबाट खुलाउने भएको छ। यसका लागि आवेदन दिने अन्तिम मिति असार ६ सम्म रहनेछ ।

वैदेशिक रोजगारीमा रहेका र विदेशमा रोजगारी गरेर फर्किएका नेपाली नागारिक तथा विदेश बस्ने गैरआवासीय नेपालीले पनि यो ऋणपत्रमा लगानी गर्न पाउनेछन् ।

बिक्रीपछि धितोपत्र बजारमा समेत सूचीकृत हुने भएकाले पाँच वर्षभन्दा अगाडि नै पनि लगानीकर्ताले चाहे दोस्रो बजार (नेपाल स्टक एक्सचेन्ज) मार्फत यसलाई बिक्री गर्न सक्नेछन् ।

nactional life
Corporatebazar 11 Anniversary

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:५०

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ...

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:३१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  बिहीबार...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२७

काठमाडौं । सोपन फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२१

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:२६

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि...