back

’वैदेशिक रोजगार बचतपत्र’ जारी गरिँदै : कति छ ब्याज ?

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीसँग जोडिएका नेपालीहरुका लागि उच्च ब्याज दिने गरी ऋणपत्र जारी गर्ने भएको छ ।

सरकारले वार्षिक साढे १२ प्रतिशत ब्याज दिने गरी ’वैदेशिक रोजगार बचतपत्र २०८४’ नामको ऋणपत्र जारी गर्न लागेको हो ।

यस ऋणपत्रमा तोकिएको ब्याज अहिले नेपाली वित्तीय बजारमा प्रचलित ब्याजदर (मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत) भन्दा बढी हो ।

वैदेशिक रोजगारीमा गएकाले भने बैंकमा निक्षेप राख्दा यसमा थप एक प्रतिशत गरी कुल १२.०३ प्रतिशतसम्म ब्याज पाउने व्यवस्था गरिएको छ ।

ऋणपत्र पाँच वर्षपछि परिपक्व हुने जनाइएको छ । अर्थात् लगानी गरेको रकम ऋणपत्र खरिदकर्ताले पाँच वर्षमा फिर्ता पाउनेछन् ।

यसबीच पाँच वर्षसम्ममा वार्षिक साढे १२ प्रतिशतको दरले जम्मा लगानी गरेको रकममा थप साढे ६२ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।

सरकारले यो बचतपत्रको बिक्री आगामी जेठ १८ गतेबाट खुलाउने भएको छ। यसका लागि आवेदन दिने अन्तिम मिति असार ६ सम्म रहनेछ ।

वैदेशिक रोजगारीमा रहेका र विदेशमा रोजगारी गरेर फर्किएका नेपाली नागारिक तथा विदेश बस्ने गैरआवासीय नेपालीले पनि यो ऋणपत्रमा लगानी गर्न पाउनेछन् ।

बिक्रीपछि धितोपत्र बजारमा समेत सूचीकृत हुने भएकाले पाँच वर्षभन्दा अगाडि नै पनि लगानीकर्ताले चाहे दोस्रो बजार (नेपाल स्टक एक्सचेन्ज) मार्फत यसलाई बिक्री गर्न सक्नेछन् ।


हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:४२

काठमाडौं । हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा...

आईपीओ जारी गर्दै पैचो पसल

आईपीओ जारी गर्दै पैचो पसल

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४१

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो...

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

नेप्सेमा ग्रीन भेन्चर्सको बाेनश शेयर सूचीकृत

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ग्रीन भेन्चर्सको...

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

 साताको दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:३२

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख १५ सोमवार १३:४७

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको शेयर शिलबन्दी...