back

स्वर्गीय पत्रकार अधिकारीको परिवारद्धारा सामाजिक सञ्जालबाटै समवेदन प्रकट गर्न अनुरोध

दाङ– कोराना भाइरसको सक्रमणबाट दिवंगत दाङका पत्रकार दामोदर अधिकारीको परिवारले सामाजिक सञ्जालबाटै समवेदना प्रकट गर्न आग्रह गरेका छन् । बढ्दो कोरोना सक्रमणको जोखिम कम गर्न आफूहरुलाई समाजिक सञ्जाल तथा फोनबाटै समवेदना दिन आग्रह गरेको छ ।

कोराना सक्रमण बढेका कारण आफूहरुलाई समवेदना दिन आउने जाने क्रममा आफ्ना इष्टमित्रलाई जोखिम बढ्न सक्ने भन्दै यस बिषम परिस्थितिलाई बुझेर सामाजिक सञ्चाल फेसबुक, फोन वा म्यासेज गरेर आफूहरुलाई समवेदन दिन परिवारले अनुरोध गरेको हो ।

समवेदनका लागि मानो लिएर घरमै आउने क्रममा हुने भिडभाडले जोखिम बढाउन सक्ने भन्दै पत्रकार अधिकारीका बुवा गिरिराज अधिकारीले आफूले भौतिक उपस्थित नभएरै समवेदन दिन अनुरोध गरेको बताए । कोरोना भाइरसले आफूले एक मात्रै छोरा गुमाइसकेको भन्दै अधिकारीले यो पिडा अव अरुलाई नपरोस भनेर आफूहरुले समाजिक सञ्जालबाटै समवेदन दिन अनुरोध गर्नुपरेको बताए ।

मानो मिसाउन आउनेको संख्या बढ्न थालेको र त्यसबाट हुने जोखिमलाई कम गर्न आफूले भौतिक उपस्थिति नहुन अनुरोध गर्नुपरेको परिवारले जनाएको छ । भौतिक उपस्थित नभइ नमान्ने इष्टमित्रका लागि मानोको रुपमा कुनै पनि बस्नु नल्याई आउन पनि परिवारले अनुरोध गरेको छ । कोरोना भाइरस सक्रमणका कारण पत्रकार दामोदर अधिकारीको उपचारका क्रममा बैशाख ७ गते काठमाण्डौमा निधन भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...