back
himalayan life

निर्माणाधीन निजामती स्मारक क्षेत्रमा वृक्षरोपण

निजामती सेवा दिवस साताव्यापी रुपमा मनाउने कार्यक्रमअन्तर्गत निर्माणाधीन निजामती स्मारक जगडोलमा वृक्षरोपण गरिएको छ । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा शहीद, निजामती र घुन्सा स्मृति स्मारक निर्माण भइरहेको छ ।

राजधानीका अधिकांश भाग देखिने यस स्थलमा निजामती स्मारक निर्माण भएपछि राष्ट्रसेवकले पदबहाली गर्नुअघि यहाँ पुष्पगुच्छा अर्पण गर्नाका साथै सपथसमेत लिने निर्णय मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले यसअघि नै गरिसकेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय प्रहरी वृत्त बौद्धले राष्ट्रिय शहीद स्मारकसँगै निर्माण भइरहेको निजामती स्मारक क्षेत्रमा वृक्षरोपण गरेको हो । कपुर, कल्की, तेजपातलगायत जातका पाँच फिटभन्दा अग्ला ६० बिरुवा स्मारक निर्माण क्षेत्रमा रोपिएको हो ।

कार्यक्रममा राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले निजामती सेवा ऐन जारी गर्ने पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्य र मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक निर्माण गर्न लागिएको जानकारी दिए ।

यही भदौ २२ गते निजामती दिवसका अवसरमा मुख्यसचिव शङ्करदास वैरागीले स्मारक स्थलमा शालिकको शिलान्यास गर्ने कार्यक्रम रहेको उनले बताए । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले रोपिएका बिरुवाको संरक्षण गर्न समुदायसँग मिलेर सहकार्य गरिने प्रतिबद्धता जनाए ।

गोकर्णेश्वरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले वार्षिक रुपमा लाखौँ वृक्षरोपण गर्ने गरिए पनि त्यसको संरक्षण नहुने गरेकाले संरक्षणमा ध्यान दिनुपर्ने बताए। बूढानीलकण्ठ–११ का अध्यक्ष राजु अधिकारीले साना बिरुवा रोपेर हुर्काउन नसकिने भएकाले पाँच फिटभन्दा अग्ला बिरुवा रोप्नेतर्फ ध्यान जानुपर्ने बताए ।

विसं २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको थियो । ऐन जारी गर्न तत्कालीन प्रधानमन्त्री आचार्य र मुख्यसचिव थापाले खेलेको भूमिकाको सम्मान गर्दै शालिक निर्माण गर्न लागिएको समितिले जनाएको छ ।

२०७८ भदौ १६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...