back

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रकृया अन्तिम चरणमा पुग्यो

काठमाडौं । लामो समयदेखि चर्चामा आएको विषय हिमालयन र इन्भेष्टमेन्टको मर्जर अब भने नजिक पुगेको छ । कुनै भवितव्य नपरेमा आगामी बैसाख १४ गते मंगलबार नेपालको २ पुराना र ठुला बैंकको मर्जरको एमओयू हुने भएको छ । यी दुई बैंकहरु डिडिए सकेर मर्जको तयारीमा जुटेका हुन ।
बैसाख १४ गते मंगलबार मर्जरको लागी एमओयूको तयारी भएको एक बैंक स्रोतले जनाएको छ । मर्जर अन्तिम चरणमा पुगेको छ । कुनै बाधा आएन भने आगामी असारभित्रै एकिकृत कारोवारको तयारी भएको स्रोतले जनाएको छ ।
हिमालयन बैंक संचालक समिति बैंठक बैसाख २ गते बसेको थियो । सो बैठकमा मर्जरबारे घनिभुत छलफल भएको थियो । कुनै भवितव्य घट्ना नभएमा आगामी मंगलबार दुई बैंकको मर्जरबारे एमओयू हुने जनाइएको छ ।
नेपालको दुई ठुला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लि र हिमालयन बैंक लि विचि मर्जरको तयारी तिब्र भैरहेको छ । हिमालयन बैंकको चुक्तापुँजी अहिले २० अर्व रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको २६ अर्व रहेको छ । दुई बैंक मर्जरपछि कुल चुक्तापुँजी रिजर्भसहित ४६ अर्बको हुनेछ ।

बैंकको नाममा पनि प्ररम्भीक छलफल भएको छ । दुबै बैंकको अस्तित्व नमेटिनेगरी हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने तयारी भएको छ । अन्तिम टुङ्गो नलागेपनि नाम र अध्यक्ष सीईओ र डेपुटी सीईओबारे छलफल भैरहेको छ । यद्येपी यसको टुङ्गो भने एमओयू पछिमात्रै लाग्नेछ ।

प्रारम्भीक छलफल अनुसार अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकले लिने र सीईओ हिमालयन बैंकले पाउने लगभग सहमती भएको छ । इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे मर्जपछि पनि अध्यक्ष रहेनेछन भने सीईओमा हालका हमिालयन बैंकका सीईओ अशोक राणानै कायम रहनेछन ।

nactional life
Corporatebazar 11 Anniversary

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...