back
himalayan life

रौतहटको चुरे क्षेत्रमा अतिक्रमण बढ्दै

रौतहट । रौतहटको चुरे क्षेत्रमा बसोवास गर्दै आएका मानिस व्यवस्थित गर्न नसक्दा चुरे क्षेत्रमा जोखिममा बढ्दै गएको छ । चुरे क्षेत्र तराईका लागि पानीको मुख्य श्रोत रहे पनि अतिक्रमणका कारण पानी सुक्दै गएको छ ।

चुरेको अतिक्रमण, वन फडानी, डडेला र नदी कटानका कारण चुरे संरक्षणमा चुनौती देखिएको छ । पछिल्लो समय चुरेको फेदिबाट टयाक्टर व्यवसायीले जथाभावी रूपमा बालुवा, गिट्टी, ढुंगा निकासी गर्दा चुरे संरक्षणमा थप समस्या देखिएको छ । चुरे नजिकैबाट ढुंगा, गिट्टी, बालुवा निकाल्दा नदीहरूले आफ्नो धार बदलेर खेतीयोग्य जमिन कटानका साथै बस्तीमा पस्ने खतरा पनि बढ्दै गएको छ । रौतहटको भोलनटार, हिलेखोला, फूलबारी, पौराई लगाएतका चुरे क्षेत्रमा वर्षौ देखि मानिस बसोवास गर्दै आएका छन । जिल्लाको २५ किलोमिटर चुरे क्षेत्रमा तिन हजार भन्दा बढि घर टहराहरु निर्माण भईसकेका छन ।

जिल्ला वन कार्यालय रौतहटका अनुसार ३१ सय ९० हेक्टर चुरे क्षेत्र अतिक्रमण गरी मानिसहरुले खेती गर्दै आएका छन । चुरे क्षेत्रमा अतिक्रमण गरिएको जग्गा कठ्ठाको ५० हजार भन्दा बढि मुल्यमा किनबेच हुने गरेको चन्द्रपुर नगरपालिका वडा नं. ३ का स्थानिय उत्तम आचार्यले बताए । चुरे क्षेत्रमा रहको वन सामुदायिक वन रहेकाले स्थानीयले संरक्षणमा ध्यान दिनु पर्ने जिल्ला वन कार्यलय रौतहटका प्रमुख अमरदेव यादबले बताए । पछिल्लो समय कोरोना महामारीका कारण चुरे संरक्षणमा वृक्षारोपण लगायतका विभिन्न कार्यक्रमहरु गर्न नसकिएको प्रमुख यादबको भनाइ रहेको छ । यता कोरोना महामारीको मौकाछापी चुरे अतिक्रमण गर्नेहरु झन बढेको स्थानियहरु बताउछन ।

रौतहटमा २९ हजार चार सय हेक्टर वन क्षेत्र मध्ये पाँच हजार हेक्टर चुरे क्षेत्रमा रहेको छ । विगतका वर्षहरूमा जिल्ला वन कार्यालय र भूसंरक्षण कार्यालयले चुरे क्षेत्रमा करोडौं खर्च गरे पनि प्रभावकारी नभएको, वृक्षारोपण गरिएका अधिकांश ठाउँ उजाड रहेको स्थानियहरु बताँउछन ।

सरकारले वर्षै देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । वृक्षारोपण, संरक्षण, बिरुवा उत्पादन जस्ता योजना सञ्चालन गरिए पनि उपलब्धी भने शुन्य बराबर रहेको छ । जिल्लामा बिभिन्न निकायबाट चुरे संरक्षणका नाममा बर्सेनि करोडौ रकम खर्च हुँदै आएको छ ।

२०७८ भदौ १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...