हाथवे इन्भेष्टमेन्टले आईपिओ जारी गर्दै
वि.सं.२०७८ भदौ ३ बिहीवार
काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने प्रकृया अगाडी बढाएको छ । कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले भदौ २५ गते शुक्रबारको लागि आह्वान गरेको साधारण सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेस गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पुंजी १ अर्ब १७ करोडको १२।५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता शेयर सर्बसाधारणलाई बिक्रि गर्ने विशेष प्रस्ताव पेश गर्न लागेको जनाएको छ ।
त्यस्तै कम्पनीले साधारणसभामा ३० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गर्ने छ ।
यी बाहेक सभामा वित्तीय विवरण पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालकको निर्वाचन गर्ने, नियमन निकायबाट प्रबन्धपत्र र नियमावलीमा थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।
२०७८ भदौ ३ गते प्रकाशित
प्रकाशित समय : ०५:२९ बजे





















