back

केन्द्रीय बैंकको कारबाहीमा परे १७ वटा लघुवित्त, के गरे बदमासी

nactional life

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १७ वटा लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । तोकिएको नीति निर्देशन पालना नगरेको भन्दै यी राष्ट्र बैंकले लघुवित्तलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले आर्थिक २०७५।७६ देखि २०७६।७७ को असार मसान्तसम्म ८४ वटा लघुवित्त वित्तीय संस्थाको स्थलगत सुपरीवेक्षण गरेकोमा १७ वटा संस्थाले नियमक निकायको निर्देशन विपरीत कारोबार गरेको पाईएपछि कारबाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार कारबाहीमा पर्ने संस्थाले न्यूनतम पुँजीकोष कायम नगरेको र अनिवार्य मौज्दात कायम नरेको पाईएको हो । राष्ट्र बैंकले लिखित स्पष्टिकरण सोध्ने, जरिवाना । हर्जाना तिराएको छ ।

तोकिएको पुँजी कोष कायम नगरेको आरोपमा सपोर्ट लघुवित्त वित्तीय संस्था, घोडीघोडा लघुवित्त वित्तीय, बुद्धज्योति लघुवित्त वित्तीय, जनकपुर लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय र जीवनविकास लघुवित्त वित्तीय संस्था गरि ६ वटा संस्था कारबाहीमा परेको हुन् । यीनिहरुले २०७६ पुसदेखि ०७७ जेठ मसान्तसम्म तोकिएको पुँजी कोष कायम गरेका थिएनन् ।

यसैगरी, तोकिएको अनिवार्य मौज्दात कायम नगरेको ११ वटा संस्थालाई राष्ट्र बैंकले हर्जाना तिराएको थियो । साथै, तोकिएको अनिवार्य मौज्दात कायम गर्न समयसीमा थप गरेको थियो ।

लघुवित्त वित्तीय संस्थाहरुले कुल निक्षेप दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सो व्यवस्था पालना नगर्ने ११ वटा वित्तीय संस्थालाई कारबाही गरेको हो । जसमा एनआरएन लघुवित्त, स्मार्ट लघुवित्त, स्वेडा लघुवित्त, फरवार्ड माईक्रोफाईनान्स लघुवित्त, सामुदायिक लघुवित्त, विपिडव्लयु लघुवित्त, सल्भ लघुवित्त, गरिबी न्यूनीकरण लघुवित्त, नेष्डोसमृद्धि लघुवित्त, आरम्भ लघुवित्त र नेपाल एग्रो लघुवित्त संस्थालाई गरी कुल ७ लाख ३७ हजार ७.९ रुपैयाँ बराबर जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।

२०७७ असार मसान्तसम्म एनआरएन लघुवित्तले १ सय २० रुपैयाँ १९ पैसा, स्मार्ट लघुवित्तले १ सय ८० रुपैयाँ ५१ पैसा, स्वेडा लघुवित्तले २० हजार ७ सय ९३ रुपैयाँ ८८ पैसा, फर्वाड माईक्रोफाईनान्स लघुवित्तले ३ हजार ८ सय २७ पैसा, सामूदायिक लघुवित्तले ३ सय ५९ रुपैयाँ ६१ पैसा र विपिडव्लयु लघुवित्तले ४३ रुपैयाँ ४२ पैसा हर्जाना तिरेका हुन् ।

साथै, सो अवधिमा सल्भ लघुवित्तले ५ सय ५९ रुपैयाँ ९७ पैसा, गरिवी न्यूनीकरण लघुवित्तले २२ हजार ८ सय १४ रुपैयाँ, नेष्डोसमृद्धि लघुवित्तले ६ लाख ८८ हजार ६ सय ४६ रुपैयाँ, आरम्भ लघुवित्त १ सय ३४ रुपैयाँ ६० पैसा र नेपाल एग्रो लघुवित्तले २ सय ३० रुपैयाँ ६४ पैसा हर्जाना तिरेका छन् ।

कोभिडको कारणले पछिल्लो रकार्ययोजना अनुरुप निरीक्षण कार्य सम्पन्न गर्न नसकिएको राष्ट्र बैंक लघुवित्त सुपरीवेक्षणले जानकारी दिएको छ । तर, यसबीचमा ३१ वटा संस्थामा भने स्थलगत निरिक्षण, ५ वटा संस्थामा लक्षित स्थलगत निरिक्षण, २ वटा संस्थामा बिषेश स्थलगत निरीक्षण र १ वटा संस्थाको अनुगात निरिक्षण गरिएको विभागले जनाएको छ ।

२०७८ भदौ २ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:४९

काठमाडौं । नेपालको राष्ट्रिय अर्थतन्त्रमा वैदेशिक लगानी (FDI) आर्थिक विकास,...