back
himalayan life

नेसनल लाइफको नाफा ३० करोड, खुद बीमा शुल्क आर्जन १२.११ अर्ब

काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४० करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आर्थिक वर्षको समिक्षा अवधिको भन्दा २.५५ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो वर्षको समिक्षा अवधिमा ३९ करोड १२ लाख रुपैयाँ नाफा गरेको गरेको थियो ।

समिक्षा अवधिमा इन्स्योरेन्सले १२ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन ९ अर्ब ११ करोड रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत २ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आय २ अर्ब ४८ करोड रुपैयाँमात्र थियो।

यो अवधिमा कम्पनीले ३ अर्ब ९५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब ७६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी ४३.११ प्रतिशतले बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च ४०.७४ प्रतिशतले वृद्धि भएर १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च ८० करोड ५३ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार बढेर ४२ अर्ब ४२ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ३३ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो। १ अर्ब ३ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर ८८ करोड २४ लाख रुपैयाँमा सीमित बनेको छ।

समीक्षा अवधिसम्म कम्पनीको कुल कायम बीमालेखको संख्या ९ लाख ४५ हजार १९७ रहेको छ। अघिल्लो वर्ष कुल कायम बीमालेखको संख्या ८ लाख १० हजार ८३२ रहेको थियो।

चुक्तापुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी ९ईपीएस० ११.८३ रुपैयाँ, पीई अनुपात ९७.३० गुणा र प्रतिसेयर नेटवर्थ १३४.३३ रुपैयाँ रहेको छ।

२०७८ साउन ३२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...