back

एनआईसी एशिया लघुवित्तको खुद नाफामा उछाल, २४७ प्रतिशतले बढ्यो

काठमाडौँ – एनआईसी एशिया लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफामा छाल हानेको छ । लघुवित्तले यो त्रैमासमा आफ्नो खुद नाफा २४७ प्रतिशतले बढाउन सफल भएको हो ।
गत आवको यसै अवधिमा १२ करोड २७ लाख ८४ हजार खुद नाफा कमाएको यस लघुवित्तले चालु आवको समिक्षा अवधिमा ४२ करोड लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । स्वदेशी लघुवित्तसँग मर्जर गरी चैत ८ गतेदेखि एकीकृत कारोबार थालेकाले लघुवित्तको नाफामा उच्च सुधार आएको हो ।

चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३२.७५ रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा कम्पनीको इपिएस १६.२९ रुपैयाँ रहेको थियो ।
चालु आवको ९ महिना अवधिमा चुक्ता पूँजी ७३.१६ प्रतिशत, जगेडा कोष २४९.५७ प्रतिशत, निक्षेप १७२.८२ प्रतिशत निक्षेप १७२.८२ प्रतिशत, सापटी १४४.२३ प्रतिशतले बढेको छ । यस्तै समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४२.९४ प्रतिशत, सञ्चालन नाफा २२०.१८ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्ममा २ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले १३ अर्ब ६९ करोड १७ लाख रुपैयाँ सापटी लिएर १५ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तले ९२ करोड ९८ लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरी ६२ करोड ४० लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

कम्पनीको जगेडा कोषमा ७९ करोड ५३ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४५.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५१.८८ गुणा, कोषको लागत ५.४८ प्रतिशत र खराब कर्जा अनुपात १.४९ प्रतिशत छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...