back

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या ५० प्रतिशतले कमि, व्यावसायीलाई व्यावसाय धान्न गार्हो

काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा आधा पर्यटक घटेको पाईएको छ । कोरोना संक्रमणका कारणदुई वर्षदेखि निकुञ्ज अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या आधाले घटेको हो ।

आर्थिक वर्ष २०७७÷७८ मा मात्रै २ हजार ९३५ पर्यटकले निकुञ्ज घुमफिर गरेको पाईएको छ । त्यसमा पनि बढी मात्रामा आन्तरिक पर्यटक मात्रै रहेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी रवीन चौधरीले पहिलेको तुलनामा पर्यटक नै ५० प्रतिशतले घटेको र त्यसमा विदेशीहरु निकै कम आएको बताए ।

आव २०७६÷७७ मा एक हजार ७७५ पर्यटकले निकुञ्ज घुमफिर गरेका थिए । “आव २०७६÷७७ को तुलनामा आव २०७७÷७८ मा पर्यटक बढेका छन्”, अधिकृत चौधरीले भने, “विगत वर्षको तुलनामा त्यो सङ्ख्या आधाले कम छ ।” कोरोना महामारीका कारण निकुञ्ज घुमफिरका लागि आउने पर्यटक घटेको उनले बताए ।

आव २०७५÷७६ मा निकुञ्जमा छ हजार ६९ पर्यटकले निकुञ्ज घुमफिर गरेका थिए । आव २०७४÷७५ मा चार हजार ७४०, आव २०७३÷७४ मा दुई हजार ६४० पर्यटकले निकुञ्ज घुमेका थिए । आव २०७७÷७८ मा मा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु आठ लाख ६२ हजार ९२४ रकम सङ्कलन भएको छ । पर्यापर्यटन, दण्ड जरिवानालगायत अन्य गरी सोही अवधिमा निकुञ्जले रु तीन करोड ९९ हजार २७२ राजश्व सङ्कलन गरेको छ ।

आव २०७६÷७७ मा पर्यापर्यटनबाट रु आठ लाख दुई हजार ६८७ रकम सङ्कलन भएको थियो । पर्यापर्यटनसहित अन्य गरी रु एक करोड ३४ हजार ७८५ राजश्व निकुञ्ज कार्यालयले सङ्कलन गरेको थियो । घुमफिरका लागि आउने पर्यटकलाई तोकिएको शुल्क लिई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न लगाई निकुञ्जमा प्रवेश दिइने गरिएको छ । निकुञ्जमा घुमफिरका लागि जीप र हात्ती सफारीको व्यवस्थासमेत गरिएको छ ।

निकुञ्ज घुमफिर गर्न आउने नेपाली नागरिकलाई ५६ रुपैयाँ ५० पैसा, सार्क मुलुकभित्रका नागरिकलाई रु ५६५, विदेशी नागरिकलाई रु एक हजार १३० प्रवेश दस्तुर निर्धारण गरिएको छ । दश वर्षमुनिका बालबालिकालाई भने निकुञ्ज घुमफिर गर्दा दस्तुर नलाग्ने व्यवस्था गरिएको छ । निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसेमैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, निलगाई, चितुवा, चित्तल, लगुना, बँदेल, खरायो र विभिन्न प्रजातिका चरा पर्ने गरेका छन् ।

घाँसेमैदान व्यवस्थापन, मचानको व्यवस्था, वनपथ निर्माण, पुलपुलेसा मर्मतकार्य गरी पर्यटकको आवागमनलाई निकुञ्जमा सहज बनाइएको छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिङ्गेको सबैभन्दा ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघको घनत्व र दुर्लभ पशुपक्षी तथा वनस्पतिका लागि प्रसिद्ध छ । नेपालको तराईका संरक्षित क्षेत्रहरुमा रहेको घाँसेमैदानमध्ये शुक्लाफाँटा घाँसेमैदान सबैभन्दा ठूलो छ ।

क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ । निकुञ्जले पर्यटकको सुविधाका लागि हात्ती, गाडी सफारीसँगै ठाउँठाउँमा जीवजन्तु र प्रकृतिको मनोरम दृश्य नियाल्नका लागि मचानको व्यवस्थासमेत गरेको छ । निकुञ्ज घुमफिरका लागि पुग्ने पर्यटकले छुटाउनै नहुने क्षेत्रका रूपमा शुक्लाफाँटा घाँसेमैदान, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, हिरापुरफाँटा क्षेत्र, झोलुङ्गे पुल र कालिकिच ताल रहेको छ ।

यसरी पर्यटकको संख्या ह्वात्तै घट्दा यता पर्यटन व्यावसायीहरु मर्कामा परेका छन् । एक व्यावसायीले भने ‘ठप्पै हुँदा त बन्द नै भयो, खुलाउँदा पनि लगानी उठ्दैन’ अब पुरै खुला हुनेबेलासम्म पुराना धेरै व्यावसायीहरु रहन मुस्किल रहेको उनले बताए । दुई बर्ष बढी यो कोभिडको महामारीले पर्यटन व्यावसायहरु धरासयी बनाएको उनले गुनासो गरे ।

२०७८ साउन २६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...