back

चौथो त्रैमासमा कालिका लघुवित्त नाफा साढे ५ करोड, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ । काकिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनीक वित्तिय विवरण अनुसार संस्थाको गत आर्थिक वर्षको वित्तिय अवस्था र प्रगति सन्तोषजनक रहेको छ ।

आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १७६४.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले २९ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाले २ करोड ६० लाख सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष संस्थाले ३ करोड ३४ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो।
संस्थाको खुद ब्याज आम्दानी ७३.९० प्रतिशतले बढेर २९ करोड १५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १६ करोड ७६ लाख रुपैयाँ रहेको थियो।

संस्थाले १ अर्ब ३६ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ५८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले १ अर्ब १४ करोड रुपैयाँ सापटी लिई २ अर्ब ४० करो रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ४७.२६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १० करोड ६६ लाख रुपैयाँको रिजर्भ बढेर १५ करोड ३ लाख रुपैयाँको उचाइमा पुगेको छ।

चुक्तापुँजी २७ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी १९.८९ रुपैयाँ रहेको छ। पीई रेसियो ७१.९५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५४.१७ रुपैयाँ रहेको छ।

२०७८ साउन २६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

वि.सं.२०८३ जेठ १० आइतवार ०७:२०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै...