back

विजय लघुवित्तको नाफामा उछाल, १०३.७२ प्रतिशतले बढ्यो

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनीक वित्तीय विवरण अनुसार कम्पनीका सबै वित्तीय सूचकहर सन्तोष्जनक रहेका छन् ।

समीक्षा अवधिमा संस्थाले ११ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०३.७२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिकवर्षको समिक्षा अवधिमा संस्थाले ५ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ७९.१३ प्रतिशतले बढेर १५ करोड ६८ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो मुनाफा ८ करोड ७५ लाख रुपैयाँ रहेको थियो।
संस्थाको खुद ब्याज आम्दानी ७४.२५ प्रतिशतले बढेर ३८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २१ करोड ८१ लाख रुपैयाँ रहेको थियो।

संस्थाले २ अर्ब ९० करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब ७१ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४८ करो रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ६२.५९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १० करोड ६६ लाख रुपैयाँको रिजर्भ बढेर १७ करोड ३३ लाख रुपैयाँको उचाइमा पुगेको छ।

चुक्तापुँजी २६ करोड ६५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४४।४३ रुपैयाँ रहेको छ। पीई रेसियो ४०.९४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६५.०४ रुपैयाँ रहेको छ।

२०७८ साउन २६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...