back

ऊर्जामन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

nactional life

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सो अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको बताउँदै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गरे।

अमेरिका मानव विकास संशाधन एवं बहुपक्षीय सहयोगमा सक्रिय रहँदै आएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका मुद्दामा थप सहकार्य गर्ने विश्वास व्यक्त गरे ।

राजदूत बेरीले ऊर्जाको विकासका लागि मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी) महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई अगाडि बढाउन पहल गरिदिन आग्रह गरे । एससिसी नयाँ कार्यक्रम नभएको र यस विषयमा आफूहरू स्पष्ट पार्न तयार रहेको बताउँदै भने, “एमसिसीबारे कुनै पनि कुरा प्रष्ट पार्न हामी तयार छौँ, यसको उद्देश्य सीप र ज्ञान हस्तान्तरण गर्नु हो ।”

जवाफमा मन्त्री भुसालले नेपालको विकास निर्माण र विपद्का बेला अमेरिकी सरकार र जनताले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले भने, “अमेरिकी सरकारले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको छ, त्यसप्रति हार्दिक धन्यवाद छ ।”

एमसिसीबारे राजदूतले गरेको आग्रहप्रति मन्त्री भुसालले जनता र राष्ट्रको हितमा नेपालले सहयोग स्वीकार गर्ने बताए। उनले भने, “एमसिसीको विषयमा पार्टी, सरकार र संसद्ले निर्णय लिन्छ, त्यो विषयमा उपयुक्त समयमा छलफल होला ।” जलवायु परिवर्तनका विषयमा अमेरिकी सरकारले गरेका निर्णयले विश्वलाई फाइदा पुग्ने बताउँदै मन्त्री भुसालले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विश्व एकजुट हुनुपर्ने बताए ।
२०७८ साउन २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४९

काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल ले...

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:३१

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको पूर्वसन्ध्यामा...

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३०

काठमाडौं । अर्थविद् डा. गोपीलाल न्यौपानेले वर्तमान सरकार तथा काठमाडौं...

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...