back

वडाध्यक्षले पिटे,प्रहरीले कुटाइ खाने पीडितलाई नै माफी मगाए

जाजरकोट । जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीले हालै १८ वर्षीय सर्पे दमाईलाई निर्घात कुटपिट गरे । तर, प्रहरीले कुटाइ खाने पीडितलाई नै माफी मगाएर वडाध्यक्ष नेपालीको पक्षमा कागज गराएको पाइएको छ ।

‘सर्पे दमाईले आफ्नो गल्ती स्वीकार गरी एकचोटीलाई सुध्रिने मौका दिनुपर्‍यो, अब आइन्दादेखि म सुध्रिनेछु, गाउँसमाजमा रहँदा–बस्दा सबैसँग राम्रो व्यवहार गर्नेछु, कोही कसैलाई पनि अभद्र व्यवहार, गाली, बेइज्जत गर्नेछैन, आइन्दा दिनमा यस्तो गल्ती दोहोर्‍याएमा प्रचलित ऐन–नियमबमोजिम सजाय सहन, भोग्न मञ्जुर छु भनी रियलाइज गरेको’, साउन १५ गते गरिएको कागजमा लेखिएको छ ।

वडाध्यक्ष नेपालीले सुध्रिने मौका दिई सर्पेलाई सकुशल आमा चन्द्रा दमाईको जिम्मा लगाइएको उक्त कागजमा उल्लेख छ । उक्त कागजमा आमा चन्द्रा र सर्पे दुवै जनालाई हस्ताक्षर गराइएको छ ।

सर्पेले सामाजिक सुरक्षा भत्ता वितरण भइरहेका बेला गाली बेइज्जतसँग ढुंगा प्रहार गरी आतंकित पारेको भनी निवेदन परेको पनि कागजमै उल्लेख छ । स्थानीयका अनुसार वडाध्यक्षले ती युवकलाई डोरीले बाँधेर कुटपिट गरेपछि प्रहरी बोलाएर मिलापत्र गरिएको हो । उक्त घटना मिलाउन इलाका प्रहरी कार्यालय पञ्चालाको टोली खटिएको थियो ।

‘सर्पेले वडाध्यक्षलाई भत्तामा अनियमितता गरेको आरोप लगाएका थिए, वडाध्यक्षले त्यही झोकमा कुटपिट गरे’, एक प्रत्यक्षदर्शीले भने । उक्त घटनाको भिडियो मंगलबारदेखि सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

अर्का प्रत्यक्षदर्शीले वडामा पहिलादेखि नै वडाध्यक्षको दादागिरी चल्ने गरेको बताए । ‘अनियमितता आरोप लगाएपछि कुटपिट गर्नु सामान्य भयो’, ती स्थानीयले भने, ‘सम्झाइ–बुझाइ गर्न सकिन्थ्यो, भनेको नमाने थुन्न सकिन्थ्यो । तर, वडाध्यक्ष आक्रोशमा आएर निर्घात कुटपिट गरे ।’ वडाध्यक्षकै डरका कारण स्थानीयले यो घटनाबारे खुलेर कुरा गर्न नसकेको जनाइएको छ ।

भिडियो सार्वजनिक भएपछि बुधबार वडाध्यक्ष नेपालीले विज्ञप्ति निकालेका छन् । नेपालीले घटनालाई प्रहरीले मिलाइसकेको उल्लेख गरेका छन् ।
घटनाको यथार्थ नबुझी सामाजिक सञ्जालमा जे पायो त्यही लेखेको देख्दा ध्यानाकर्षण भएको उनले जनाएका छन् । उनले पीडितको नाम नलिई एक केटा रक्सी खाएर वडा कार्यालयमा आएर ढुंगा प्रहार गरी अपशब्द बोलेको आरोप लगाएका छन् । आफूले उसका हातका ढुंगा समातेर फालेको जिकिर उनले गरेका छन् ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले पीडित र पीडक दुवैलाई सदरमुकाम झिकाइएको बताए । वडाध्यक्ष नेपालीले यसअघि पनि गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक यज्ञश्वर बस्नेतलाई कार्यकक्षमै कुटपिट गरेका थिए । पछि मिलापत्र गरिएको थियो ।अन्नपुर्ण पोस्ट्बाट

२०७८ साउन २१ गते प्रकाशित

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...