back
himalayan life

साधना लघुवित्त सबै वित्तीय सूचकमा उछाल, १९६.३५ प्रतिशत बढ्यो नाफा

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनीक विवरण अनुसार कम्पनीको खुद नाफा १९६.३५ प्रतिशतले बढेको छ । संस्थाले समिक्षा अवधिमा ११ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस लघुवित्तले ३ करोड ९५ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ७२.९१ प्रतिशत बढेर २४ करोड २६ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४ करोड ३ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा सञ्चालन मुनाफा ३३९.३६ प्रतिशतले बढेर १५ करोड २० लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड ४६ लाख १२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी यथावत रहेर २५ करोड ६९ लाख ८० हजार रुपैयाँ रहेको छ । जगेडा कोष करिब ५९४.३७ प्रतिशत बढेर १३ करोड ४३ लाख ६८ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको जगेडा कोषमा १ करोड ९३ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

लघुवित्तको सापटी १२४.५४ प्रतिशतले बढेर २ अर्ब ७५ करोड ७० लाख ७४ हजार रुपैयाँ, निक्षेप संकलन ८३.४२ प्रतिशत ८३ करोड ५२ लाख २३ हजार रुपैयाँ र कर्जा ९१.११ प्रतिशत बढेर ३ अर्ब ४६ करोड ४९ लाख ८ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३० रुपैयाँ १९ पैसा बढेर ४५ रुपैयाँ ५७ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २८ पैसा रहेको छ ।

२०७८ साउन १७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...