back
himalayan life

एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन तथा विक्रि खुला गर्ने भएको छ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्कासन गर्न लागेको हो ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० इकाइ वार्षिक ८.५ प्रतिशत ब्याज दिनेगरि को ८ वर्ष अवधि युक्त ऋणपत्र बिक्रि खुला गर्न लागेको हो । यसैबीच बैंकले यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौतामा एभरेस्ट बैंकका तर्फबाट कम्पनी सचिव सुरेश चापागाईं र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले आज एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्।

काठमाण्डौको लाजिम्पाटस्थित रजिस्टर्ड कार्यालय रहेको एभरेष्ट बैंक प्रचलित कम्पनी कानुनबमोजिम २०४९ मंसिर १ गते नेपाल सरकार, वाणिज्य विभागमा पब्लिक लिमिटेडका रुपमा दर्ता भएको कम्पनी हो । यसका साथै २०५१ असोज ११ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरी कम्पनीले २०५१ कात्तिक १ गतेदेखि आफ्नो वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ।

बैंकले हाल आफ्ना आफ्नो १०३ वटा शाखा कार्यालय र ३ वटा एक्सटेन्सनकाउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

२०७८ साउन १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...