घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
वि.सं.२०७८ साउन १२ मंगलवार
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ भने आज पनि स्थिर रहँदै तोलका १ हजार २७० रुपैयाँ नै कायम भएको छ। हिजो सोमबार पनि स्थिर रहँदै चाँदी १ हजार २७० रुपैयाँमै किनबेच भएको थियो।
२०७८ साउन १२ गते प्रकाशित
प्रकाशित समय : ०५:५२ बजे






















