back

नेपाल इन्स्योरेन्सेको कामु सीईओमा पोखरेल नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृतमा ईस्वर पोखरेल नियुक्त भएका छन् । निर्वतमान सिईओ विजय बहादुर शाहको ४ बर्षे कायर्काल सकिएपछि सञ्चालक समितिले सीईओ शाहको विदाई गरेको हो ।

सीईओ शाहको साउन ९ गते शनिवार सकिँदैछ । सफलतापूर्वक ४ बर्षे कार्यकाल पुरा गरेका सीईओ शाहको बिहीबार बसेको सञ्चालक समतिको बैठकले विदाई गरेको हो ।
कामु सीईओ पोखरेलले आइतबारदेखि कार्यभार सम्हाल्ने छन् ।

बीमा क्षेत्रलाई राम्रोसँग बुझेका सीईओ शाहले कम्पनीलाई प्रतिस्पर्धी बजारमा उभ्याएका छन् । २००४ सालमा स्थापना भएको नेपाल इन्स्योरेन्स कम्पनी नेपालको पुरानो बीमा कम्पनी हो ।

कुशल व्यावसायीक व्यवस्थापक शाहको नेतृत्वमा नेपालको पहिलो बीमा कम्पनिलाई ब्यावसायीक कम्पनीका रुपमा रुपान्तरण गरेका हुन् । शाहको कार्यकालमा कम्पनीले उल्लेख्य रुपमा उपलब्धि हासिल गरेको समितिले बताएको छ । सधै उचाइ छुन अभिप्रेरित गर्ने उर्जाशील शाह बरिष्ठ चार्टड एकाउन्टेन्ट, एमबीएसम्मको अध्ययन गरेका छन् ।

सीईओ शाह फिलिपिन्समा सचिबालय रहेको विकासशिल देश हरुको बीमक तथा पुनर्बिमकहरुको संघ ९ब्ककयअष्बतष्यल या क्ष्लकगचभचक बलम च्भष्लकगचभचक ष्ल मभखभयिउष्लन ऋयगलतचष्भक० को अध्यक्ष समेत रहेका छन् ।

शाह नेपाल व्यबस्थापन संघबाट २०१४ मा बर्षको उत्कृष्ट ब्यबस्थापकबाट सम्मानित समेत भएक थिए । बीमा क्षेत्रमा ३५ वर्ष भन्दा बढीको अनुभव शाहसँग छ । शाह देशमा कार्यरत बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघलाई संस्थागत गरी २ कार्यकाल अध्यक्ष समेत भएका थिए ।

शाह बीमा का ज्ञाता र बीमाको सक्तिका बारेमा देश तथा बीदेसमा जागरुकता बढाउने संजालमा समेत आबद्ध रहेका छन् । शाहले बीमाका बारेमा बिभिन्न देसी, बिदेशी संघ, संस्था, दातृनिकायलाई समेत सुझाव सल्लाह समेत दिँदै आएका छन् ।

२०७८ साउन ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...