back
himalayan life

बैंकमा क्लोजीङको प्रभावः एक हप्तामा कर्जा माग रकमको करिब दुई गुणा बढी निक्षेप संकलन

काठमाडौँ । पछिल्लो एक साता बैंकमा ठूलो परिमाणमा पैसा थुप्रिएको छ । पछिल्लो एक हप्तामा बैंकमा ४२ अर्ब कर्जाको माग हुँदा त्यसको करिब दुई गुणा बढी निक्षेप संकलन भएको छ । नेपाल बैंकसं संघका अनुसार समिक्षा अवधिमा जम्मा ८२ अर्ब मात्रै कर्जा माग भएको छ ।

असार २५ गतेसम्म बैंकले ४१ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा एक सातामा नै ८२ अर्ब निक्षेप थपिएर असार ३१ गतेसम्म आईपुग्दा बैंकमा ४२ खर्ब १ अर्ब निक्षेप थुप्रिएको संघले जनाएको हो ।

समिक्षा अवधिमा बैंकबाट ४२ अर्ब मात्रै कर्जा प्रवाह भएको देखिन्छ । संघका अनुसार असार २५ गतेसम्म ३६ खर्ब ७९ अर्ब रुपैयाँ कर्जाको माग भएको थियो । एक साताको अवधिमा कर्जाको माग ४२ अर्बले बढ्दा ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

असार मसान्त आर्थिक वर्ष सकिने बेला भएका कारण तथा कर तिर्नुपर्ने कारण पनि बैंकमा निक्षेप थुप्रिएको र कर्जाको माग कम भएको संघले जनाएको हो ।

२०७८ साउन ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...