back

नेपाल पुनर्बीमा कम्पनीद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनीक, नाफामा सामान्य सुधार

nactional life

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । अन्य कम्पनीले चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गर्ने बेला पुनर्बीमा कम्पनीले भने बल्ल तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक विवराण अनुसार समिक्षा अवधिमा कम्पनीले सामान्य नाफा कमाएको छ । कम्पनीले यो अवधिमा ९२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जसमा निर्जीवन बिमा व्यवसायतर्फ ८२ करोड ४७ लाख र जीवन बिमातर्फ १० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय अवस्थामा उल्लेख छ ।

कम्पनीले गत आवको सोही अवधिमा ९१ करोड ६१ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । जसमा निर्जीवनतर्फ ८२ करोड ५० लाख र जीवन बिमातर्फ ९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको नाफा १।५ प्रतिशतले बढेको छ । चालु आवको तेस्रो त्रैमासको विवरण हेर्दा निर्जीवन बिमातर्फ नाफा घटेको छ भने जीवन बिमा तर्फको नाफा बढेको छ ।

यो अवधिमा निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड रुपैयाँ र जीवन व्यवसायबाट ६९ करोड ९५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।
१० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको निर्जीवन तर्फको जगेडा कोषमा २ अर्ब ७३ करोड र जीवन बिमातर्फ ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५ पैसा रहेको छ ।

२०७८ साउन १ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...