back

१३ देखि १९ बर्षका किशोर किशोरीहरुलाई राष्ट्रिय सम्मान

काठमाडौँ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो, सातौं संस्करणको आवेदन खुलेसगै नेपाल भरिमा किशोर किशोरिहरुले आफ्नो समाज रुपान्तरनको कामलाई थप प्रोत्साहित गर्ने उर्जा पाएका छन ।

अहिले आवेदन खुल्ला भएको र यसै अनुरुप आयोजक नेपाल भरिमा बिभिन्न स्कुलहरुमा अन्लाईन मार्फत अभिमुखिकरन सन्चालन गरिरहेका छन । नेपालमा ७७ जिल्ला पुग्ने लक्ष्य राखेका ग्लोकल टिन हिरोले किशोर किशोरीहरुको उर्जा देख्दा थप प्रोत्साहित भएको अनुभव गर्छन् । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ ।

जेन २०२१ नामक ग्लोकल टीन हिरोले एक वेबिनार श्रृंखला प्रारम्भ गरेको छ जसमार्फत किशोर किशोरीहरूले विस्तृत दृष्टिकोण एवम् विभिन्न सामाजिक मुद्दाहरूको बारेमा सिक्न पाउने छन । सकारात्मक प्रभाव सिर्जना गर्न विभिन्न एसडीजीहरूमा काम गरिरहेका किशोर–किशोरीहरूले विभिन्न देशका विशेषज्ञहरूसँग सिक्ने र उनीहरूसँग नेटवर्किंगगर्ने अवसर पाउने छन् र उनीहरूको कामका क्षेत्रमा थप प्रोत्साहनका साथ अगाडि लैजान मार्गनिर्देशन प्राप्त गर्नेछन ।

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले www.nepal.glocalteenhero.com मार्फत निशुल्क आबेदन भर्न सक्ने छन ।

के छ योग्यता ?

१३ – १९ बर्षको किशोरकिशोरी
नेपाली नागरिक
समाजमा सकारात्मक प्रभाब पार्ने केही राम्रो काम गरेको ।
किन वाई वाई ग्लोकल टिन हिरोमा आवेदन दिने ?

तपाईंको उल्लेखनिय कार्य र रचनात्मकता सम्भाव्य प्रदर्शन गर्न।
राष्ट्रिय मान्यता प्राप्त गर्न ।
समाज तथा राष्ट्रमा सकरात्मक प्रभाव ल्याउन।
अन्य किशोर किशोरीहरूलाई प्रेरणा दिन ।
आफ्नो कार्यलाई थप उर्जा दिन ।
राष्ट्रभरबाट प्रेरणादायक किशोर किशोरीहरुसंग जोडिन ।
बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवसरहरु पाउन ।
अन्लाईन आवेदन जुलाई ३० सम्म ग्लोकल तीन हिरोको अधिकारिक वेबसाईटमा गएर भर्न सक्नेछन ।

२०७८ असार २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...