सनराइज बैंकलाई मर्जरमा जान शेयरधनीको दबाब
वि.सं.२०७८ असार २९ मंगलवार
काठमाडौँ । सनराइज बैंकका संस्थापक शेयरधनीले बैंकलाई मर्जरमा जानका लागि दबाब दिएका छन् । बैंकका ७ जना संस्थापक लगानीकर्ताले बैंकका अध्यक्षलाई बैंक मर्जरमा जानको लागि विज्ञप्ति जारि गर्दै दबाब सिर्जना गरेका हुन् ।
लगानीकर्ताले १० वटा बैंकको नाम नै तोकेर मर्जरमा जाने प्रस्ताव अघि बढाउन अध्यक्षलाई सम्बोधन गरेर विज्ञप्ति जारी गरेका छन् । लगानीकर्ताहरुले बैंकको हितको लागि १० मध्ये कुनै एक बैंकसँग सनराइज मर्जरमा जानको लागि प्रकृया अघि बढाउन र उपयुक्त मर्जर कमिटी तोकी कमिटीलाई अख्तियारी दिन अनुरोध गरेका छन् ।
संस्थापक लगानीतकर्ताको विज्ञप्तिमा एभरेष्ट बैंक, ,ग्लोबल आईएमई बैंक, हिमालयन तथा इन्भेष्टमेन्ट बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सानीमा बैंक र सिद्धार्थ बैंकमध्ये कुनै एक बैंकसँग मर्जमा जान सकिने उल्लेख गरिएको छ ।
यसरी दबाब दिनेमा शिवरतन शारडा (शारडा ग्रुप), कैलाशचन्द्र गोयल (गोयल समूह), श्रवणकुमार गोयल (समूह), भोगेन्द्रकुमार गुरागाई (समूह), शैलेन्द्र कुमार गुरागाई (समूह), बच्छराज तातेड (ताडेड समूह), मालचन्द दुगड (टि एम दुगड ग्रुप एण्ड सूमह) रहेका छन् ।
२०७८ असार २९ गते प्रकाशित
प्रकाशित समय : ०९:३८ बजे





















