back

कुमारी क्यापिटलको अनलाइन डिम्याट खाता तथा लगानी मेला

काठमाडौं – कुमारी क्यापिटल लिमिटेडले नव वर्ष २०७८ को अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

नयाँ तथा पुरानो लगानीकर्तालार्ई धितोपत्रमा लगानीको योजना धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पत्ती ब्यवस्थापन सम्बन्धी परामर्श र बजारीकरण रणनीति सम्बन्धी निःशुल्क सेवा सञ्चालनमा ल्याएकोे छ ।

साथै अनलाइन मार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट प्रयोग गरि ५ प्रतिशत क्यास ब्याक पाउन सकिने छ ।लगानी मेलाबाट यस संस्थाले सर्वसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरीे परामर्श सेवा प्रदान गर्नेछ ।

लगानीकर्ताहरुले यस संस्थाको लगानी विशेषज्ञहरुद्वारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी लगानीको योजना बनाई धेरै भन्दा धेरै लाभ लिन सक्ने छन्। त्यसैैले यस मौकालाई अधिकतम प्रयोग गरी आफ्नो उच्चतम लाभ लिने पथमा लम्कने अवसरको रुपमा लिन सकिनेछ ।

साथै, अनलाइनमार्फत हितग्राही खाता खोल्नका लागि यस क्यापिटलको वेबसाइट मा गई अनलाइन मा क्लिक गरि अनलाइनमा गई सम्पूर्ण आवश्यक विवरण प्रबिष्ट गरि हितग्राही खाताको लागि एक पटक नजिकैको कुमारी बैंक लिमिटेडको शाखा कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा आफ्नो सक्कल नागरिकता, नाबालकको हकमा सक्कल जन्म दर्ता तथा संरक्षकको सक्कल नागरिकता लिई समयमै सरल र छिटो तरिकाले आफ्नो हितग्राही खाता खोल्न सकिने छ ।

यस लगानी मेलामा परामर्श सेवा बैशाख महिना भरि नि:शुल्क गरिएको छ। साथै, यस मेला मार्फत कुमारी क्यापिटल लिमिटेडको लगानी ब्यवस्थापन सेवामा आवद्ध हुने सम्पूर्ण लगानीकर्तालाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने छ । सार्वजनिक बिदाको दिन र शुक्रबार बाहेक प्रत्येक दिन कार्यालय समयमा यो मेला सञ्चालन हुनेछ।

यस लगानी मेलामा भर्चुअल माध्यमबाट पनि आवद्ध भई लाभ लिन सकिने छ । यो सेवा प्राप्त गर्नका लागि कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्सालस्थित कार्यालयमा सम्पर्क गरी अथवा निम्न फोनमा सम्पर्क तथा इमेल ठेगानामा इमेल गरि सहभागी हुन सकिने छ ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...