back

कृषि विकास बैंकले गर्यो एटीएम कार्ड देखि मेरो सेयरसम्मका सेवाहरु अनलाइनबाटै लिन सकिने व्यवस्था

nactional life

काठमाडौँ । कृषि विकास बैंकले असार २५ गतेबाट अनलाइनबाटै धेरै सुविधा लिन सकिने गरि नयाँ सेवाव्यवस्था सुचारु गरेको छ।

बैंकले अनलाइनका माध्यमबाट एकै समयमा धेरैभन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले बोकर यस्तो सेवा सुचारु गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त सेवाको उद्घाटन गरेका छन् । यस सेवाअन्तर्गत बैंकमा खाता भएका ग्राहकले बिनाझन्झट अनलाइनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सीआरएन, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटीएम कार्ड सेवाका लागि निवेदन दिन सक्नेछन्।

बैंकमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेशबाटै अनलाइन निवेदनका आधारमा ती सेवाहरुका लागि अनुरोध गर्नसक्ने गरी नयाँ प्रविधिको सुरुआत गरेको हो। यसका अलावा बैंकमा खाता नभएका ग्राहकले समेत देशविदेशबाट अनलाइनका माध्यमबाट समेत चल्ती, बचत खातासहित सबै सेवाहरु अनुरोध गर्न सक्नेछन्।

यो सेवा सुरु भएपश्चात अनलाइनका माध्यमबाट सेवा अनुरोध गर्न सकिनेछ भने कोभिडको यस महामारीको अवस्थामा सेवा उपयोगका लागि बैंक धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ।

कृषि विकास बैंकसँग जोडिन यस प्रकारका सेवाहरुले थप सहजता प्रदान गर्ने विश्वास बैंक व्यवस्थापनले लिएको छ। यस प्रकारको सेवा सुचारु भएपश्चात स्वचालित रुपमा ई–मेल तथा एसएमएसका माध्यमबाट ग्राहकलाई जानकारी गराउने व्यवस्था यो प्रणालीमा रहेको छ। यसका साथै कृषि विकास बैंकमा खाता भएका र ग्राहक पहिचान विवरण अद्यावधिक भएका ग्राहकले विनाझन्झट यो सेवा समयमै उपयोग गर्न सकिन्छ।

यो सेवा उपयोगका लागि ३६५ दिन नै २४ घन्टा नै https://onlineaccount.adbl.gov.np/ मार्फत अनुरोध गर्न सक्ने व्यवस्था गरेको छ। यो सेवापश्चात बैंक र ग्राहकबीचको सम्बन्ध थप दरिलो हुने विश्वास बैंकले लिएको छ।
यस सेवापश्चात सेयर कारोबारमा सहजता प्रदान हुने, बैंकमा खाता भएका ग्राहकले थप ग्राहक पहिचान विवरण पेस गर्नु नपर्ने, नाबालकहरुको खाता खोल्न सहजता हुने, खाता खोल्न बैंकसमक्ष पुग्नु नपर्ने, मोबाइल तथा इन्टरनेट बैंकिङका लागि आवेदन दिन सकिनेछ। यसरी एकै निवेदनबाट बहुसेवामा पहुँच पुर्याउन सकिने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो रहेको छ।

उक्त सेवाको शुभारम्भ कार्यक्रममा बैंक उपमहाप्रबन्धकहरु क्रमशः प्रताप सुवदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम र दिर्घबहादुर अर्याल, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, बैंक विभागीय प्रमुखहरुलगायत अन्य कर्मचारीको समेत उपस्थिति थियो। कार्यक्रमको सञ्चालन बैंकका शाखा प्रमुख विनोद कोइराला र धु्रव पौडेलले संयुक्त रुपमा गरेका थिए।
२०७८ असार २६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने...

बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...