back

नेपाल एग्रो लघुवित्तले विपद व्यावस्थापनको लागि करिब १ लाख सहयोग

nactional life

काठमाडौँ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राकृतिक तथा गैरप्राकृतिक विपदका लागि आर्थिक सहयोग गरेको छ।

लघुवित्तिले प्राकृतिक तथा गैरप्राकृतिक विपदबाट सर्वसाधारणको जीउज्यान र सार्वजनिक निजी तथा व्यक्तिगत सम्पत्ति प्रकृतिक एवं साँस्कृतिक सम्पदा र भौतिक संरचना संरक्षण गर्न विपद जोखिम न्यूनीकरण गर्नका लागि गण्डकी प्रदेशलाई करिब १ लाख बराबरको सहयोग गरेको हो । प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको प्रदेश विपद व्यवस्थपन कोष खातामा जम्मा गर्ने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखरालाई वित्तीय संस्थाका तर्फबाट समारोहबीच अध्यक्ष रमेशकुमार कर्माचार्यले सहयोग स्वरुप ९८ हजार ६८२ रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुन्।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समयसापेक्ष उपयुक्त ठाउँमा आर्थिक सहयोग गरेको बताए।

कार्यक्रममा अध्यक्ष कर्माचार्यले वित्तीय संस्थाले छोटो अवधिमा देशका करिब २२ हजार दिदीबहिनीलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा प्रदान गरेको तथा १०० जनाभन्दा बढी युवाहरुलाई प्रत्यक्ष रोजगार प्रदान गर्न सफल भएको बताए।

कार्यक्रममा वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकत नयन देवकोटाले वित्तीय संस्थाले देशका विभिन्न पहाडी १० जिल्लाका २६ वटा शाखा कार्यालयहरुबाट प्रत्यक्ष रुपमा लघुवित्त सेवा प्रदान गरिरहेको बताए। वित्तीय संस्थाको आर्थिक वर्ष २०७६÷७७ को खुद मुनाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था भएअनुसार उक्त रकम गण्डकी प्रदेश सरकार अन्तर्गत प्रदेश विपद व्यवस्थापन कोषमा जम्मा गरि विपद व्यवस्थापनमा वित्तीय संस्थाका तर्फबाट सहयोग गरिएको देवकोटाले बताए।

कार्यक्रममा वित्तीय संस्थाको सञ्चालकहरु विवेक श्रेष्ठ, विनिता कोइराला, सागर लामिछाने, गंगाप्रसाद तामाङ, कम्पनी सचिव दीपक पराजुली साथै वित्तीय संस्थाको विभागीय प्रमुख पवित्रा कोइरालाको समेत उपस्थिति थियो।

वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–१८, विन्ध्यावासिनी कास्कीमा रहेको छ।

२०७८ असार २६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११...