बाढी पहिरोको प्रत्यक्ष अवलोकन गर्न प्रधानमन्त्री ओली हेलम्बु
वि.सं.२०७८ असार २६ शनिवार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि गएका छन् । प्रधानमन्त्री ओली अहिले हेलिकप्टरमार्फत हेलम्बुमा पुगेका हुन् । अबको केही बेरमा ओली मेलम्चीमा पुगि त्यहाँको बाढी पहिरोको प्रत्यक्ष अवलोकन गर्नेछन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाने स्रोतले जनाएको छ । उनको त्यहाँ मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायतको टिम रहेको छ । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।
२०७८ असार २६ गते प्रकाशित
प्रकाशित समय : ०७:२६ बजे






















