back

ट्रम्पले गरे फेसबूक, ट्वीटर र गुगल विरुद्ध मुद्दा दर्ता

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले फेसबूक, ट्वीटर र गुगल विरुद्ध मुद्धा दायर गरेका छन् । ट्रम्पले आफू सेन्सरशीपबाट पीडित भएको दाबी गर्दै ती कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू विरुद्ध मुद्धा दर्ता गरेका हुन् ।

ट्रम्पका समर्थकहरूको नेतृत्वमा अमेरिकी संसद् द क्यापिटलमा दङ्गा भएपछि सुरक्षा चासोलाई ध्यानमा राख्दै उनका सामाजिक सञ्जाल खाताहरू ती कम्पनीले निलम्बित गरिएका थिए । बुधबार ट्रम्पले मुद्दा हाल्नु आफ्नो कदमलाई अभिव्यक्ति स्वतन्त्रताका लागि असाध्यै राम्रो कदम भनेका छन् ।

बेडमिन्स्टरस्थित गल्फ रिसोर्टबाट प्रेस सम्मेलनमा बोल्दै ट्रम्पले सामाजिक सञ्जालको प्रतिबन्धलाई ‘नक्कली प्रतिबन्ध’ भनेको बिबिसीले उल्लेख गरको छ । चुप लगाउनेहरूलाई रोक्ने र कालो सूचीमा राख्ने एवम् गालीगलौज गर्ने कामको अन्त्य होस् भन्ने आफूले चाहेको उनले बताए ।

मुद्दामा आरोपितको ‘सेन्सरशीप’ रोक्न अदालतको आदेश माग गरिएको छ । ट्रम्पले भनेका छन्, ‘यी कम्पनीहरुले राष्ट्रपतिलाई नै प्रतिबन्ध लगाउन सक्छन् भने जोसुकैलाई त्यसो गर्न सक्छन् ।’ फ्लोरिडास्थित सङ्घीय अदालतमा दायर गरिएको मुद्दाप्रति विपक्षी कम्पनीहरूले कुनै प्रतिक्रिया दिएका छैनन् ।

पत्रकार सम्मेलनमा ट्रम्पसँग उनका पूर्वअधिकारीहरू समेत उपस्थित थिए । ती अधिकारीहरुले ‘अमेरिका फस्र्ट पोलिसी इन्स्टिच्यूट’ नामक एउटा गैरनाफामूलक संस्था खोलेका छन् । बुधवार नै ट्रम्पका रिपब्लिकन सहयोगीहरूले कङ्ग्रेस (अमेरिकी संसद)मा ‘ठूला कम्पनीमाथि कारबाही गर्ने’ भन्दै बक्तव्य सार्वजनिक गरेका छन् । यद्यपि, ट्रम्पले हालेको मुद्दाका विषयमा केही कानून विज्ञहरूले आलोचना गरेका छन् ।

सामाजिक सञ्जालहरुमा प्रतिबन्ध लगाएसँगै ट्रम्पलाई आफ्ना कुरा आम मानिसहरुसम्म पुर्याउन अप्ठ्यारो परिरहेको छ । बीबीसीका उत्तर अमेरिका प्रविधि सम्वाददाता जेम्स क्लेटनले भनेका छन्, ‘विगतमा ट्रम्पले सामाजिक सञ्जालको प्रयोग प्रभावकारी रूपमा गरेका थिए ।’ तर उनलाई सामाजिक सञ्जालबाट निलम्बन गरिएपछि आफ्ना कुरा अरूकहाँ पुर्याउन कठिन भइरहेको छ ।

ट्रम्पले उक्त प्रतिबन्धहरुपश्चाात् आफ्नै सामाजिक सञ्जाल बनाउने योजना अघि सारेका थिए । तर उक्त योजना हालसम्म कार्यान्वयनमा आएको छैन । उनको मुद्दाले ठूला सामाजिक सञ्जालहरू उनका लागि कति महत्त्वपूर्ण छन् भन्ने देखाएको छ ।

बीबीसीले परम्परागत मिडियालाई छोडेर सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष मतदातासँग सञ्चार सम्पर्क कायम गर्ने रणनीतिलाई ट्रम्पबाद’ भनेको छ । हुन पनि फेसबुक ट्रम्पका लागि विशेष महत्त्वपूर्ण रहेको थियो । केही कानून विज्ञहरू उनको मुद्दा अघि नबढ्ने दाबी गर्छन् ।

ट्रम्पले अदालतमा आफ्नो अधिकार खोसिएको तर्क गर्न सक्ने छन् । प्रविधि कम्पनीहरूले भने आफूहरू निजी कम्पनी भएकाले प्रयोगकर्ता छनोटको अधिकार आफूसँग भएको प्रतिउत्तर दिने अनुमान गरिएको छ । कानूनका जानकारहरुले प्रविधी कम्पनीहरुको उक्त प्रतिउत्तरलाई स्वीकार गर्ने सम्भावना बढी रहेको बताएका छन् ।

२०७८ असार २४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

वि.सं.२०८३ असार २५ बिहीवार १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का...