back

ज्योति विकास बैंकको ऋणपत्रमा साउन ३ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय पछिल्लो मितिलाई मान्यता दिईएको छ । असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा साउन ३ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

ज्योति विकास बैंकले बैंकको ऋणपत्रले वार्षिक ९ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइ भएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्र बिक्री गरेको हो ।

जसमा ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ । सर्वासाधारणका लागि निष्कासन गरिने कुल ६ लाख इकाइमध्ये ५ प्रतिशतले हुने ३० हजार इकाइ सामूहिक कोषहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख ७० हजार इकाइमा सर्वसाधारणका लागि छुट्याईएको छ ।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ३० हजार इकाइसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्र १० वर्ष अवधिको रहेको छ भने लगानीकर्ताहरुले वार्षिक ९ प्रतिशत ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

२०७८ असार २३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

वि.सं.२०८३ असार २६ शुक्रवार ११:५८

काठमाडौँ  । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु...

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

वि.सं.२०८३ असार २० शनिवार २१:०८

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एकसय दिनका उपलब्धिहरु...

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

वि.सं.२०८३ असार १७ बुधवार १८:२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य...

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

वि.सं.२०८३ असार १७ बुधवार १०:५२

काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री...

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

वि.सं.२०८३ असार १५ सोमवार १६:५०

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से)...