back

सिटिजन्स बैंकले सिर्जना फाइनान्स प्राप्ति गरेपछि एकिकृत कारोबार असार २६ गतेदखि

ठमाडौँ । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि असार २६ गतेबाट एकिकृत वित्तीय कारोबार सुरु हुने भएको छ ।
जेठ २७ गते बसेको दुवै संस्थाको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गरेको थियो ।

राष्ट्र बैंकले असार १५ गते मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएपछि र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट असार २६ देखि एकिकृत वित्तीय कारोबार सुरु गर्न लागेको हो । एकिकृत कारोबारको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले असार २५ गते बेलुका ५ बजेदेखि असार २६ गते असार २६ सम्म दुवै संस्थाले प्रदान गर्दै आएका सम्पूर्ण सेवाहरु बन्द रहने बैंकले जनाएको छ । उक्त अवधिमा एटिएम, मोबाइल बैंकिंग, अनलाइन बैंकिंग, डेबिट कार्ड, होलिडे काउन्टर, मध्यकालिन काउन्टर लगायत सबै सेवा बन्द हुने बैंकले जनाएको छ ।

दुवैले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सिर्जना फाइनान्सका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर पाउने गरि सम्झौता भएको हो । बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।

२०७८ असार १८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिक्कल दुर्घटना: बेपत्ताको तत्काल खोजी र छानबिन गर्न यातायात व्यवसायीको आग्रह

फिक्कल दुर्घटना: बेपत्ताको तत्काल खोजी र छानबिन गर्न यातायात व्यवसायीको आग्रह

वि.सं.२०८३ साउन २० बुधवार १४:०४

काठमाडौँ । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा निजी...

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

वि.सं.२०८३ साउन २० बुधवार ०९:५८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबिच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री 

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबिच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री 

वि.सं.२०८३ साउन २० बुधवार ०९:१८

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...

‘क’ वर्गका बैंकका सिइओसँग अर्थमन्त्रीको छलफल : लगानी, उत्पादन र आर्थिक विश्वास पुनःस्थापनामा जोड

‘क’ वर्गका बैंकका सिइओसँग अर्थमन्त्रीको छलफल : लगानी, उत्पादन र आर्थिक विश्वास पुनःस्थापनामा जोड

वि.सं.२०८३ साउन १९ मंगलवार १८:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख...

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...