back

‘एनआईसी एशिया सेलेक्ट ३०’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । एनआईसी एशिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया सेलेक्ट– ३० (इन्डेक्स फन्ड) मा आवेदन दिने आज अन्तिम दिन हो । फण्डले असार १० गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया सेलेक्ट–३०’ (इन्डेक्स फन्ड) बिक्रि खुला गरेको थियो । उक्त फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले आज नै बन्द गरिने क्यापिटलले जनाएको छ ।

योजना व्यवस्था एनआईसी एशिया क्यापिटल र कोष प्रवद्र्धक एनआईसी एशिया बैंक रहेको छ । यो सात वर्षे बन्दमुखी योजना हो । १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाइ निष्काशन गरेको हो । जसमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्काशन मार्फत बिक्री गरिनेछ ।

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ ।

२०७८ असार १४ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

वि.सं.२०८३ जेठ ११ सोमवार १५:११

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

वि.सं.२०८३ जेठ ११ सोमवार १५:०९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...