back

वीरगञ्ज नाकाबाट भित्रियो डेढ खर्बको इन्धन र गाडी

वीरगञ्ज । कोरोना संक्रमणको महामारीले समग्र उत्पादन र आपूर्तिको शृंखला बिथोलिए पनि इन्धन र गाडी आयात भने बढेको छ । यी उत्पादन भित्रिने मुख्य भन्सार वीरगञ्जको चालू आर्थिक वर्ष (आव) २०७७–७८ को ११ महीनाको आयात तथ्यांकले यस्तो देखाएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि जेठसम्ममा इन्धन र सवारीसाधनको आयातमा मात्र करीब डेढ खर्ब रुपैयाँ बाहिरिएको छ । यस अवधिमा १ खर्ब ४१ अर्ब १४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ र सवारीसाधन आयात भएको भन्सारले बताएको छ ।

गत आव २०७६–७७ को समीक्षा अवधिको तुलनामा यो वर्ष इन्धन र सवारी आयातमा ११ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको हो । चालू आवको जेठ अन्त्यसम्ममा १ खर्ब १३ अर्ब ७५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ र २७ अर्ब ३८ करोड रुपैयाँबराबरको सवारीसाधन भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । जीपकार, मोटरसाइकल, ट्रक, बसलगायत १८ प्रकारका सवारीसाधन यस नाकाबाट आएको भन्सारले बताएको छ ।

गत आवको जेठसम्ममा १ खर्ब ७ अर्ब १८ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थ र २३ अर्ब ४२ करोड रुपैयाँको सवारीसाधन भित्रिएका थिए । चालू आवको जेठसम्ममा वीरगञ्ज भन्सारबाट भएको कुल आयातमा इन्धन र गाडी आयातको अंश करीब ३१ प्रतिशत छ । यस अवधिमा यो भन्सारबाट ४ खर्ब ५८ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको देखिन्छ । कोरोना महामारी नियन्त्रण गर्न सरकारले गतवर्ष चैत ११ देखि करीब ६ महीनासम्म बन्दाबन्दी र निषेधाज्ञा लगाएको थियो । चालू वर्षमा वैशाख १६ यता निषेधाज्ञा जारी छ । ‘चालू वर्षमा निषेधाज्ञाका कारण इन्धन र गाडी आयात घट्ने अनुमान गरिएको थियो ।(आर्थिक अभियान दैनिकबाट)

२०७८ असार १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...