back

लघुबीमाको दायरा बढ्न नसकेपछि बीमा समितिले बनायो अध्ययन गर्न कार्यदल

काठमाडौं । लघुबीमाको दायरा बढ्न नसकेपछि बीमा समितिले त्यस विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । समितिले गत हप्ता ४ सदस्यीय अध्ययन समिति बनाएको हो ।

समितिले निर्देशक सुशीलदेव सुवेदीको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति बनाएको हो । त्यसमा समितिकी उपनिर्देशक पुनम ज्ञवाली, सगरमाथा इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्री र सिटिजन लाइफका सीईओ पोषकराज पौडेल सदस्य रहेका छन् ।

अध्ययन समितिले गत बिहीवारदेखि काम शुरू गरिसकेको छ । त्यस समितिले २० दिनभित्र अध्ययन सकेर त्यसको प्रतिवेदन बीमा समितिमा पेश गर्नुपर्ने छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले लघुबीमासम्बन्धी अध्ययन गर्न कार्यदल बनाएको बताए ।

‘लघुबीमाको दायरा अझै पनि विस्तार हुन सकेन । त्यसैले यस विषयमा अध्ययन गर्न कार्यदल बनाएका हौं,’ उनले भने, कार्यदलले लघुबीमाको विस्तारमा केकस्ता समस्या छन् भनेर अध्ययन गरिनेछ । साथै, लघुबीमाको व्यवसाय विस्तार गर्न केकस्ता काम गर्नुपर्छ भन्ने विषयमा पनि अध्ययन समितिले सुझाव दिनेछ ।’

हाल नेपालमा बीमाको पहुँच २३ प्रतिशत जनतामा रहेको छ । तर, सरकारले आगामी आर्थिक वर्षमा त्यो ३३ दशमलव ३३ प्रतिशत जनतामा पुर्‍याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्ति गर्न समितिले विभिन्न काम गर्दै आएको छ । सोही क्रममा समितिले लघुबीमाको दायरा बढाउने गरी अध्ययन अगाडि बढाएको हो ।।(आर्थिक अभियान दैनिकबाट)

२०७८ असार १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...