back

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट,भदौ ९ देखि १८ औँ नाडा अटो शो

काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण वर्ष को अवसर पारेर ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने यस मेलाका लागि आयोजकले डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुटको घोषणा गरेको छ ।

‘अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित मानिएको यस प्रदर्शनीलाई यस वर्ष ‘एचपी लुब्रिकेन्ट्स’ (HP Lubricants) ले मुख्य प्रायोजकका रूपमा प्रस्तुत गरेको छ। ५ दशक लामो ऐतिहासिक यात्रा पूरा गरेको उत्सव मनाउन नाडाले अवलोकनकर्ताहरूका लागि खल्टी एप सँगको सहकार्यमा विशेष प्रवर्द्धनात्मक अफर ल्याएको हो ।

अफर अन्तर्गत खल्ती एप मा गएर वा आधिकारिक खल्तीको क्युआर (QR Code) स्क्यान गरी अग्रिम टिकट खरिद गर्ने अवलोकनकर्ताहरूले साधारण (General) र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत भारी छुट पाउनेछन् । यो छुट योजना सीमित अवधिका लागि मात्र रहने भएकाले समयमै टिकट सुरक्षित गर्न नाडाले आग्रह गरेको छ ।

यस वर्षको प्रदर्शनीमा नवीनतम ईभी (इलेक्ट्रिक) तथा इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनहरू, अत्याधुनिक अटो प्रविधि, पार्टपुर्जा, लुब्रिकेन्टका साथै वित्तीय तथा बिमा सुविधाहरू एकै ठाउँमा उपलब्ध गराइनेछन्। ५० वर्षको गौरवमय यात्रालाई उत्सवका रूपमा मनाउन र नयाँ प्रविधिसँग साक्षत्कार गर्न अटोप्रेमी, युवा तथा विद्यार्थीहरूलाई आयोजक नाडाले आह्वान गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीएफमोटो २५० डुअलमा अब ५ वर्ष वारेन्टी, यस्ता छन् नाइमा अफर

सीएफमोटो २५० डुअलमा अब ५ वर्ष वारेन्टी, यस्ता छन् नाइमा अफर

वि.सं.२०८३ साउन २१ बिहीवार २१:०१

काठमाडौं–सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो...

नेपालमा अब स्मार्ट सिटी इलेक्ट्रिक कार ‘भिअटो होनरी बोमा ईभी’ सार्वजनिक

नेपालमा अब स्मार्ट सिटी इलेक्ट्रिक कार ‘भिअटो होनरी बोमा ईभी’ सार्वजनिक

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५८

काठमाडौं । एप्पल, एचपी, डाइसन तथा डेल लगायत विभिन्न अन्तर्राष्ट्रिय...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५४

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

विश्व अटोमोबाइल बजारमा चिनियाँ कम्पनीको ऐतिहासिक वर्चस्व: शीर्ष १० भित्र बीवाईडी, जिली र चेरी

विश्व अटोमोबाइल बजारमा चिनियाँ कम्पनीको ऐतिहासिक वर्चस्व: शीर्ष १० भित्र बीवाईडी, जिली र चेरी

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५१

काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा परम्परागत पाश्चात्य र जापानी ब्रान्डहरूको...

वुलिङले नेपाल ल्यायो पहिलो ७ सिटे इलेक्ट्रिक एमपीभी ‘डारियोन ईभी’,

वुलिङले नेपाल ल्यायो पहिलो ७ सिटे इलेक्ट्रिक एमपीभी ‘डारियोन ईभी’,

वि.सं.२०८३ साउन २१ बिहीवार २०:४१

काठमाडौं । आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु हुनुअघि...

याडियाका ३ नयाँ स्कुटर सार्वजनिक, मूल्य २ लाख ३० हजारदेखि सुरू

याडियाका ३ नयाँ स्कुटर सार्वजनिक, मूल्य २ लाख ३० हजारदेखि सुरू

वि.सं.२०८३ साउन २१ बिहीवार २०:३२

काठमाडौं । विद्युतीय दुईपाँग्रे सवारी साधन ब्राण्ड याडियाले नेपालमा तीन...