back

सिद्धार्थ बैंकको खुद नाफा साढे ३ अर्ब नाघ्यो , वितरणयोग्य नाफा कति?

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र व्यापार विस्तारमा सन्तुलित वृद्धि देखिएको छ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको खुद नाफा (३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ) को तुलनामा ४.५४ प्रतिशतको वृद्धि हो।

बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, फि तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ कायम भएको छ भने सञ्चालन नाफा अघिल्लो वर्षको ४ अर्ब ९७ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको नियम अनुसार नियमनकारी समायोजन र साविकको सञ्चित नाफा समायोजन पश्चात् बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ७० करोड ५६ लाख ७१ हजार रुपैयाँ रहेको छ। साधारण शेयरधनीहरूका लागि बैंकको प्रतिशेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ५३ पैसा कायम भएको छ। कैपिटल एड्जस्टमेन्ट रिजर्भ समायोजन गर्दा यस्तो क्षमता २६ रुपैयाँ १५ पुग्ने विवरणमा उल्लेख छ।

बैंकको वासलातको आकार ३ खर्ब ८९ अर्ब रुपैयाँ नाघेको छ। बैंकको साधारण चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार र अविमोच्य असञ्चिति अग्राधिकार शेयर ३ अर्ब ५० करोड रुपैयाँ गरी कुल चुक्ता पूँजी १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ रहेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल कोष १८ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

ग्राहकहरूबाट सङ्कलित निक्षेप २ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँबाट बढेर ३ खर्ब २७ अर्ब १ करोड रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा २ खर्ब १४ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति ३ खर्ब ३८ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ३ खर्ब ८९ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्याे, लाभांश क्षमता कस्ताे ?

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्याे, लाभांश क्षमता कस्ताे ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:३७

काठमाडौँ। राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष...

नबिल बैंकको नाफा झण्डै ८ अर्ब, ईपीएस कति ?

नबिल बैंकको नाफा झण्डै ८ अर्ब, ईपीएस कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:३४

काठमाडौँ। नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा करिव...

जोखिमरहित बैंकिङमा एभरेस्ट बैंक अगाडि, खुद नाफा ५ अर्ब ६ करोड भन्दा माथि

जोखिमरहित बैंकिङमा एभरेस्ट बैंक अगाडि, खुद नाफा ५ अर्ब ६ करोड भन्दा माथि

वि.सं.२०८३ साउन २० बुधवार ०९:३१

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्म...

व्यवसायमा ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब नाघ्याे, लाभांश क्षमता कति ?

व्यवसायमा ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब नाघ्याे, लाभांश क्षमता कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:२७

काठमाडौँ। बैंकिङ क्षेत्रमा आफ्नो व्यावसायिक दायरालाई तीव्र रूपमा विस्तार गरिरहेको...

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२५

काठमाडौँ । चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट नेपालको वाणिज्य...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...